एक युवतीको प्रेममा दुई युवक, बिहे गर्न नपाएपछि हत्या

बेलायतमा अध्ययन गरेकी एक पाकिस्तानी युवतीलाई दुई प्रेमीले हत्या गरेका छन् । 

दुवै प्रेमी उनीसँग विवाह गर्न चाहन्थे तर युवती उनीहरू दुवैसँग विवाह गर्न चाहँदिनथिइन् । 
 


Advertisement

लाहौरमा २६ वर्षीया मायरा जुल्फिकारलाई उनकै अपार्टमेन्टमा हत्या गरिएको हो । 
 

मायरा बेलायतमा कानूनको अध्ययन सकेर दुई महिनाअघि एउटा विवाह समारोहमा भाग लिन पाकिस्तान आएकी थिइन् । डंकन ब्लेकेट नामक ल फर्ममा उनले जागिर पनि पाएकी थिइन् । जागिर खान शुरू गर्नुअघि उनी पाकिस्तान गएकी हुन् । 
 

लाहौरको डिफेन्स एरियामा उनी एकजना साथीसँग अपार्टमेन्टमा बसिरहेकी थिइन् । 
 

मायराका काका मोहम्मद नजीरले प्रहरीसमक्ष उजुरी दिएका छन् । जाहिर जदूर र साद अमीर बट नामक दुई युवकले मायराको हत्या गरेको आरोप उनले लगाएका थिए । उनीहरूले मायरालाई लामो समयदेखि सताइरहेको र विवाह नगरेमा दुष्परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइरहेको नजीरले बताए । 

ती दुई युवकले अन्य दुईजनासँग मिलेर मायरालाई मारेको दाबी नजीरले गरेका छन् । बट र जाहिर दुवैजना मायरालाई जसरी भए पनि विवाह गर्ने जिद्दी गरिरहेका थिए ।
 

मायरालाई घाँटी थिचेर अनि गोली हानेर हत्या गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्