यी महिलाले एकै बेतमा जन्माइन् नौ सन्तान !

अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै बेतमा नौ सन्तान जन्माएकी छन् । 
 

हालिमा सिस्से नामक २५ वर्षीया महिलाले पाँच छोरी र चार छोरी जन्माएकी हुन् । 
 


Advertisement

मोरक्कोमा सिजेरियन गरेर बच्चा जन्माइएको हो । 
 

गर्भवती हुँदाखेरी स्क्यान गराउँदा सात सन्तान मात्र देखिएका थिए तर थप दुई पनि पेटभित्र रहेछन् । 

ती महिलाको गर्भमा यति धेरै बच्चा छन् भन्ने खबर आएपछि मालीका नेताहरूले सुरक्षित गर्भाधानका लागि प्रार्थना गरेका थिए । 

‘नवजात शिशुहरू र आमाको स्वास्थ्य राम्रो छ,’ मालीकी स्वास्थ्यमन्त्री फान्ता सिबीले बयान जारी गरेर बताइन् । 

यसरी एकै बेतमा नौ सन्तान जन्मिनु अत्यन्तै दुर्लभ घटना हो । धेरै बच्चा पेटमा हुँदा तीमध्ये केही पूर्णविकसित हुन नसक्ने गरेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्