नेयमार यूट्युबे खेलाडी हुन् : जेसन कन्डी

यूईएफए च्याम्पियन्स लीगको सेमीफाइनलमा पेरिस सेन्ट जर्माँले म्यानचेस्टर सिटीबाट पराजय बेहोरेपछि अंग्रेज फूटबलर जेसन कन्डीले नेयमारको आलोचना गरेका छन् । 

मंगलवार खेलिएको सेमीफाइलनमा पीएसजीलाई सिटीले २–० ले अनि समग्रतमामा ४–१ ले हराएको थियो । 


Advertisement

हिजो पीएसजीको प्रदर्शनका विषयमा कन्डीले स्पोर्ट्स रेडियो स्टेसन टकस्पोर्टसँग कुरा गर्दै भने, ‘नेयमार राम्रा खेलाडी हुन् तर ओभररेटेड पनि । ठूला गेमहरूमा उनी प्रदर्शन गर्न सक्दैनन् । यूट्युबमा मात्र उनको प्रदर्शन देखिन्छ ।’

‘सिटीले स्वार्थी, ओभररेटेड र किचकिचे खेलाडीहरूको टीमसँग प्रतिस्पर्धा गरेको हो । पीएसजी केही पनि जित्न लायक टीम हैन,’ उनले थपे । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्