बलिउडका सेलेब्रिटीहरू धमाधम माल्दिभ्स जाँदै, यस्तो छ पूँजीवादी कारण

केही समययता बलिउडका सेलेब्रिटीहरू माल्दिभ्स गएर अर्धनग्न फोटोशूट गराउन थालेका छन् । 

भारतमा कोरोना संकटका कारण धेरै मानिसको मृत्यु भइरहेको र अर्थतन्त्र पनि समस्यामा परिरहेको बेलामा धनी बलिउडे सेलेब्रिटीहरू माल्दिभ्समा मस्ती गरिरहेका भेटिन्छन् । 


Advertisement

भारतबाट माल्दिभ्स जानेहरूको संख्या पोहोर सालको तुलनामा ५० प्रतिशतले बढेको छ । पहिलापहिला गोवामा छुट्टी मनाउने भारतीय सेलेब्रिटीहरूले आजभोलि माल्दिभ्सका तस्वीर आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा राख्ने गरेको पाइन्छ । 

यसका पछाडि ठूलो पूँजीवादी स्वार्थ जोडिएको छ । हुन त यी सेलेब्रिटीहरू आफैं नै पूँजीवादका भद्दा रूप हुन् । दर्शकहरूलाई विलासी जीवनशैली देखाएर त्यस्तै शैली अपनाउन र सामान किनाउन यिनीहरूलाई पूँजीपतिहरूले प्रयोग गर्ने गरेका छन् । 

माल्दिभ्सको कुरा गर्दा, सेलेब्रिटीहरू ट्राभल एजेन्सीको पैसामा त्यहाँ गइरहेका हुन् । ट्राभल एजेन्सीहरूका लागि यी सेलेब्रिटीहरूले प्रचार गरिरहेका हुन् । 

भारतको हुनेखाने मध्यमवर्गलाई माल्दिभ्स भ्रमणका लागि प्रेरित गर्नका लागि ट्राभल एजेन्सीहरूले चतुरतापूर्वक सेलेब्रिटीहरूको उपयोग गरिरहेको देखिन्छ ।  
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्