×

NMB BANK
NIC ASIA

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् । 

Muktinath Bank

'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने,'अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्‍नका बावजुद निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहेका छन् ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आशातीत रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड -१९ को  दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले  पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।


Advertisment
Nabil box
Kumari

'कोभिड-१९ को बिस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ', उनले भने,'यसैगरी समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ। गरिब एवं जोखिम समूह बढि प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।'

Vianet communication
Laxmi Bank

कोभिड-१९को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।

अन्तरसम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थ्यमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे ।

उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए ।

कोभिड-१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शीघ्र रुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा व्यक्त गरे ।

आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक कृयाकलापहरु विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नु पर्ने बताए ।

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्बृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गरे ।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।

अर्थमन्त्री पौडेलले कोभिड-१९ महामारीको सामना गर्न तथा आर्थिक प्रबर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरूलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एसियाली विकास बैंकलाई धन्यवाद दिए ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए ।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड-१९ बाट आर्थिक पुनरुत्थान : समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टा-छुट्टै प्रस्तुति गरेका थिए। 

अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिएका थिए ।

 

 

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x