×

NMB BANK
NIC ASIA

पत्रकारलाई समाचार संकलनमा अवरोध, महासंघको आपत्ति

बैशाख २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पत्रकार महासंघले कोभिड संक्रमणसम्बन्धी समाचार संकलनका लागि विभिन्न अस्पताल र पशुपति क्षेत्र पुगेका पत्रकारलाई अवरोध भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका बारेमा समाचार संकलन गर्न पुगेका र अन्तिम संस्कारको फोटो खिच्नका लागि पशुपति क्षेत्रमा पुगेका पत्रकारलाई पशुपति क्षेत्र विकास कोष, अस्पताल प्रशासन र प्रहरीबाट समाचार संकलनमा रोक लगाउने काम  भइरहेको भन्दै  महासंघले बुधबार एक विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

Muktinath Bank

‘कोभिड संक्रमणको दर वृद्धि हुँदै गएपछि मुलुकमा यतिखेर निषेधाज्ञा जारी गरिएको छ । यो अवस्थामा कोरोना संक्रमणका बारेमा सन्देशमूलक र सूचनामूलक सामग्री तथा कोरोना संक्रमितका बारेमा यथार्थ समाचार प्रवाह गरेर नागरिकलाई सुसूचित र सचेत गराउने कर्ममा जुट्नु प्रेसको दायित्व हो’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही दायित्व निर्वाहका लागि कोरोना संक्रमणको जोखिम मोलेर समाचार संकलन गर्न पुगेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरी र अस्पताल प्रशासनबाट समाचार संकलनमा रोक लगाइएको यो घटना आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 महासंघ पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पुर्‍याउने यस्ता हर्कतको कडा शब्दमा भर्त्सना गरदै प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।


Advertisment
Nabil box
Kumari

साथै, महासंघले कोरोनासम्बन्धी समाचार सामग्री प्रवाह गर्दा मानवीय संवेदना र पत्रकार आचारसंहितालाई ध्यान दिन पनि सञ्चारकर्मीलाई  आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x