फागुन १५, २०७४
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ ।
गत १६ वैशाखबाट लकडाउन शुरू भएयता चिनी, खाने तेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा अस्वाभाविक मूल्यवृद्धि पाइएको हो ।
सोमवारसम्म २५० पर्ने सनफ्लावर तेलको २८० र ८१ पर्नेको ८६ रुपैयाँ पुर्याएको छ ।
दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकिलो १०–१५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय अत्यावश्यक वस्तुमा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् ।
‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडी लगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि प्रभावकारी हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी मिलेमतेमा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् ।
बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उनले दाबी गरे । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने ?’ श्रेष्ठ भन्छन्, ‘जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’
साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झा चिनी मौज्दात कम हुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै मूल्य बढाएको हुनसक्ने बताउँछन् ।
‘बजारमा चिनी प्रतिकेजी ९० रुपैयाँ भए पनि साल्ट ट्रेडिङले ७६ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ,’ उनले भने, ‘हामीसँग नून भने ८ महिना पुग्ने पर्याप्त मौज्दात रहेको छ । यसमा चिन्ता नलिन उपभोक्तालाई आग्रह छ ।’
हाल ट्रेडिङसँग १ लाख ७० हजार मेट्रिक टन नून मौज्दात छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसी भने बजारमा खाद्यवस्तु पर्याप्त रहेको दाबी गर्छिन् । अहिल्यै दैनिक उपभोग्य वस्तु अभाव भएर मूल्य बढाउनुपर्ने अवस्था नरहेको उनी बताउँछिन् ।
‘बजारमा नून तेल, चिनी, दाल, गेडागुडी, चामललगायत खाद्यवस्तु पर्याप्त छ, अभाव भएर मूल्य बढाउनु कुनै कारण छैन,’ सहप्रवक्ता केसी भन्छिन्, ‘व्यापारीले चिनीलगायत वस्तुको मूल्य बढाएका छन्, त्यो सरासर कालोबजारी हो ।’ ३ महिनालाई पुग्ने पर्याप्त चिनी बजारमा रहेको केसीको दाबी छ ।
उनका अनुसार निजी क्षेत्रसँग ५० हजार मेट्रिक टन चिनी छ । भर्खरै उखु क्रसिङ सकिएकाले दैनिक चिनी आयात भइरहेको उनले जानकारी दिइन् ।
उनका अनुसार मंगलवार मात्रै १७ ट्रक चिनी काठमाडौं भित्रिएको छ । साल्ट ट्रेडिङसँग ७१२ मेट्रिक टन चिनी मौज्दात छ । संक्रमणको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गर्न थालेकाले अनुगमनमा कडाइ गर्नुपर्ने प्रवक्ता केसीको जोड छ ।
३० हजार मेट्रिक टन चिनी आयातका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताइन् । उनका अनुसार अर्थको स्वीकृतिपछि मन्त्रिपरिषद्को सिफारिसमा ३० हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङलाई आयातका लागि अनुमति दिइने छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले विभागसँग भएको जनशक्तिअनुसार दैनिक बजार अनुगमन गरिरहेको बताए ।
अनुगमन क्रममा अनुचित व्यापार गर्नेलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारवाही गरिरहेको उनले जानकारी दिए । ‘बजारमा भइरहेको कालोबजारी विभाग एक्लोले नियन्त्रण गर्न भने सक्दैन, सम्पूर्ण जिम्मेवार निकाय लागेर मात्रै कालोबजारी नियन्त्रण गर्न सकिन्छ,’ महानिर्देशक पौडेल भन्छन् । राजधानी दैनिकमा खबर छ ।
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...