यार्सागुम्बा नखुल्दै पाटन पुगेका १ जनाको मृत्यु

यार्सागुम्बा संकलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्यांकोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ ।

लेक लागेर बिरामी भएका रावलको मंगलबार साँझ काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
 
यार्सागुम्बा संकलन गर्न पाटन पुगेका ४ जनालाई शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ । लुकीछिपी पाटन गएर यार्सागुम्बा संकलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो । भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए ।


Advertisement

पक्राउ पर्नेहरू सबै जुम्लाका रहेका छन् । जगदुल्ला क्षेत्रतिर पनि पाटन जान खोज्नेहरूलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ ।

कमेन्ट गर्नुहोस्