×

NMB BANK
NIC ASIA

एन्टिजेनको भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

बैशाख २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्लामा पीसीआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ ।

Muktinath Bank

पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो । कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन । स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजोन किट्सको माध्यमबाट परीक्षण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन् ।  रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन । मार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । 


Advertisment
Nabil box
Kumari

ज्वरो तथा रुघाखोकीका बिरामीहरू उपचारका लागि स्वस्थ्य संस्थामा आउने गरेका छन् । उपकरण, जनशक्ति र औषधि अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौं स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसित पनि छैन । 

Vianet communication
Laxmi Bank

भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको स्थानीय जगतसिंह ठगुन्ना बताउँछन् । “गाउँघरमा उनीहरू निस्फिक्री घुमिरहेका छन्”, उहाँले भन्नुभयो । यहाँका धेरै मानिसहरू रोजगारी र मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । र पढाइका लागि धनगढी, महेन्द्रनगर, काठमाडौँलगायतका शहर पसेका स्थानीयवासी पछि समस्यामा परिने डरले गाउँ फर्किसकेका छन् ।  उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । केहीलाई ज्वरो आएको जाँच गर्न पनि स्वास्थ्य संस्था नजाने हुँदा गाउँमा कोरोनाको त्रास बढेको छ ।

जिल्लामा पूरै निषेधाज्ञा जारी गरिएको भए पनि परीक्षणको दायरा बढाइएको छैन् । दुहुँ गाउँपालिका हिकिला स्वास्थ्य चौकी प्रमुख प्रेमसिंह धामी हिकिलामा अहिलेसम्म १० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको बताउँछन् । जिल्लाबाटै एन्टिजेन थोरै पठाइएको छ । थोरै मात्र पठाइएको हुँदा नमूनाको रुपमा पाँचवटै वडामा परीक्षण गरिएको छ । २५ एन्टिजेन पठाइएकोमामा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा अहिलेसम्म ५१८ किट एन्टिजेन र भिटिएम ३८५ किट पठाइएको छ ।  कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार महाकाली नगरपालिकामा ७०, शैल्यशिखरमा १००, मालिकार्जुन गाउँपालिकामा ९०, मार्मा गाउँपालिकामा ३३, अपिहिमाल गाउँपालिकामा ८०, लेकम गाउँपालिकामा ३०, नौगाड गाउँपालिकामा ४०, दुहुँ गाउँपालिकामा २५ र व्यास गाउँपालिकामा ५० थान किट पठाइएको छ ।

जिल्लामा पीसीआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको भट्ट बताउँछन् । एन्टिजेनले बिरामीको नाकबाट स्वाब लिएको १५ मिनेटमै रिजल्ट दिने गरेको छ । यसको रिपोर्ट पीसीआरसँग झण्डै ७५ प्रतिशत मिल्ने बताइएको छ । 

स्वास्थ्य सामग्री खरिद गर्न दुई अस्पताललाई रु तीन करोड

कोरोना सङ्क्रमितका बिरामीको उपचारमा सहयोग पु¥याउन दार्चुलाका दुई अस्पताललाई रु तीन करोड २० लाख दिइएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम, प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट रु ८० लाख दिइएको हो । 

दार्चुलाबाट सङ्घ र प्रदेशका सांसदहरुले बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै बजेट विनियोजन गर्नुभएको थियो । विनियोजित बजेट कोभिड नियन्त्रण, उपकरण खरिद, स्वास्थ्य सामग्री खरिद गर्न सकिने उल्लेख गरिएको थियो । तर कार्यान्वयन तहमा ढिलाई हुँदा कोभिडको सङ्क्रमण जिल्लाभरी फैलिएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सो विनियोजित बजेट अक्सिजन प्लान्ट, आइसोलेन निर्माण, तथा स्वास्थ्य सामग्री खरिदको लागि बाटो खुल्ने गरी निर्णय गरेको छ । 

सार्वजनिक खरिद ऐनअनुसार इबिडिङ गर्नुपर्ने भए पनि अहिले कोभिडको अवस्था भयावह बन्दै गएको भन्दै छिटो र सहज माध्यमबाट बजेट खर्च गर्ने गरी संकट व्यवस्थापन समितिले निर्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा विजय भुर्तेलले बताए । बजेट विनियोजनको क्रममा सङ्घीय सांसदको १ करोड ३० लाख रुपैयाँ महाकाली नगरपालिकाको जिल्ला अस्पताल र २० लाख रुपैयाँ शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालको लागि विनियोजन गरिएको थियो । 

यस्तै प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले जिल्ला अस्पताललाई ५० लाख रुपैयाँ र अर्का प्रदेशसभा सदस्य मानबहादुर धामीले गोकुलेश्वर अस्पताललाई ४० लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो ।  निर्णय भएको लामो समयसम्म सो बजेट खर्च हुनसकेको थिएन । 

यस्तै हालै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अक्सिन प्लान्ट खरिद गर्न रु ८० लाख जिल्ला अस्पताललाई विनियोजन गरेको थियो । सबै रकमलाई स्थानीय तह, स्वस्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा खर्च गर्ने गरी बाटो खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । 

सो बजेटमार्फत सदरमुकाम खलङ्गा र गोकुलेश्वरमा ५०÷५० शय्याको आइसोलेशन तयार गरिने बताइएको छ । यस्तै अस्पतालले माग गरेको आधारमा स्वास्थ्य सामग्री खरिदमा बजेट खर्च गर्न सकिने डा भुर्तेल बताउँछन् ।

हाल जिल्ला अस्पताल दार्चुलामा १३ शय्याको आइसोलेशन निर्माण गरिएको छ । तर अहिले कोभिड सङ्क्रमितका बिरामी बढ्दै गएपछि त्रिपालमा उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x