×

NMB BANK
NIC ASIA

नेपालमा किन चर्कियो अक्सिजन अभाव ?

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ ।

Muktinath Bank

उपत्यकाका अक्सिजन प्लान्टलाई बुधवारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए पनि उपत्यका बाहिरका प्लान्टले क्षमताको ५५ प्रतिशत मात्र अक्सिजन उत्पादन गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको जानकारहरू बताउँछन् । सिलिन्डर लुकाउने प्रवृत्ति बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले छापा मार्न थालेका छन् ।

Vianet communication
Laxmi Bank

काठमाडौं उपत्यकामा मात्र बिहीवार ६ हजार ७८४ थान अक्सिजन सिलिन्डर नियन्त्रणमा लिइएको छ । सिलिन्डर लुकाएर मोलमोलाइ गरेको गुनासोपछि बुधवार धनगढीमा जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतको टोलीले अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतको गोदाममा छापा मारेर ६० वटा सिलिन्डर बरामद गरेको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार प्लान्टका ८० प्रतिशतसम्म सिलिन्डर अस्पतालमै रहने भएकाले खाली सिलिन्डर पुनः भरेर पठाउन चुनौती छ ।

अक्सिजन प्लान्टहरूसँग करीब ६० हजार सिलिन्डर रहेको तथ्यांक छ । उत्पादकहरूले भने कोरोना संक्रमण बढिरहेकाले अक्सिजन अभाव हुन सक्ने आकलन गरेर ३ साताअघि नै व्यवस्थापनका लागि सरकारलाई आग्रह गरेको जनाएका छन् ।

‘हामीले भारत बाहेकका मुलुकबाट एयर लिफ्ट गरेर तुरुन्त २० हजार अक्सिजन सिलिन्डर ल्याउन भनेका थियौं,’ नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले भने, ‘त्यसबेला सरकारले कुरा सुनेन ।’

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । उनीहरूले अक्सिजन सहज उपलब्ध हुने व्यवस्था गर्न ‘युद्धस्तरमा’ काम भइरहेको जनाएका छन् ।

‘हामी अक्सिजन अभाव हुन नदिन प्रयासरत छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भने, ‘भएका अक्सिजन प्लान्टको क्षमता विस्तार गर्ने र अधिकतम उत्पादन गर्ने जस्ता वैकल्पिक उपायमा काम गरिरहेका छौं ।’ उनका अनुसार गत वर्ष कोरोना महामारीका बेला प्लान्टको क्षमताको २० प्रतिशत उत्पादनले अक्सिजनको माग धानेको थियो ।

अक्सिजनको माग बढेपछि सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउँदैछ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पहिलो चरणमा चीनबाट ३ हजार ५ सय सिलिन्डर सात दिनभित्र आउने जानकारी दिए ।

मुलुकमा तरल अक्सिजन उत्पादन नहुने भएकाले सिलिन्डरको अभाव देखिएको उत्पादकहरू बताउँछन् । उत्पादकहरू भने सरकारले प्रोत्साहन नगर्दा तरल अक्सिजन उत्पादन नगरेको बताउने गरेका छन् । हाल भारतबाट तरल अक्सिजन ल्याइने गरेको छ । मुलुकमै तरल अक्सिजन उत्पादन हुने हो भने ठूलो ट्यांकरमा स्टोर गर्न सकिने उत्पादकहरू बताउँछन् ।

‘तरल अक्सिजन स्टोरेजलाई कम ठाउँ चाहिन्छ । तरल अक्सिजन भए सिलिन्डरको समेत अभाव हुँदैन । अक्सिजन अस्पतालको ट्यांकरमै हाल्न सकिन्छ,’ अक्सिजन उत्पादक संघका अध्यक्ष शारदाले भने । तरल अक्सिजन आयात गर्न भने समस्या नरहेको उत्पादकहरूले जनाएका छन् । उनीहरूका अनुसार एक ट्यांकरले १ हजार ५०० सिलिन्डर बराबर तरल अक्सिजन ल्याउन सक्छ । १ महिनामा १०–१५ ट्यांकर तरल अक्सिजन ल्याउने तयारी रहेको उनीहरूको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले हाल काठमाडौंमा प्रतिदिन ४ हजार ३ सय ९४ सिलिन्डरको माग रहेको जानकारी दिए । ‘अहिले देशभरिमा ११ हजार २ सय ३३ सिलिन्डरको माग छ,’ उनले भने, ‘अहिलेको उत्पादनले प्रतिदिन १४ हजार ३ सय ७३ सिलिन्डरसम्मको माग थेग्छ ।’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले अक्सिजनको आवश्यकता बढेका बेला कतिपय सिलिन्डर लुकाइएका, रिजर्बमा राखिएकाले समस्या भएको बताए ।

‘हामी चिन्तित छौं,’ उनले भने, ‘साना अस्पतालले समेत धेरै परिमाणमा सिलिन्डर मागिरहेका छन् ।’ डा. पोखरेलले बिरामी वृद्घिको यही दर रहे उपत्यकामै केही दिनपछि १२ हजारदेखि १५ हजार सिलिन्डर अक्सिजन चाहिन सक्ने बताए ।

बढ्दो आवश्यकतासँग तारतम्य मिलाउन काठमाडौंका सबै ८ वटा अक्सिजन प्लान्ट बुधवारदेखि शतप्रतिशत क्षमतामा चलाइरहेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारदाले जानकारी दिए । उनका अनुसार उपत्यकामा दिनमा ४७ लिटर क्षमताका ठूला ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्छ । उपत्यकाबाहिर रहेका १६ वटा अक्सिजन प्लान्टले दिनमा ९ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छन् ।

मुलुकका सबै प्लान्टलाई अधिकतम क्षमतामा चलाउँदा दिनमा १७ हजार ठूला सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ४७ लिटर सिलिन्डरको अक्सिजनको मूल्य करीब ४०० रुपैयाँ पर्छ ।

काठमाडौं उपत्यकाबाहिरका अक्सिजन प्लान्ट कुल क्षमताको ५५ प्रतिशत मात्र सञ्चालन भइरहेका छन् । अक्सिजन उत्पादक संघका अध्यक्ष शारदाले महामारीका बेला राजधानी बाहिरका अक्सिजन प्लान्टलाई पनि शतप्रतिशत क्षमतामा सञ्चालन गर्न पूर्वाधार व्यवस्थापन लगायतका लागि संयन्त्र विकास तुरुन्त गर्नुपर्ने बताए । ‘अक्सिजन प्लान्ट चलाउन समेत सिलिन्डर खोज्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

कोरोना महामारीअघि काठमाडौं उपत्यकामा ३ हजारदेखि ३ हजार ५ सय सिलिन्डर र उपत्यकाबाहिर ३ हजार सिलिन्डर अक्सिजन चाहिन्थ्यो । त्यतिबेला प्लान्ट करिब एक तिहाइ क्षमतामा चलेका थिए । अक्सिजनको ठूलो सिलिन्डर सामान्यतया २० हजारदेखि २२ हजार रुपैयाँसम्ममा आउँछ । तर हाल चीनले मूल्य बढाएको र हवाई मार्गबाट ल्याउने बाध्यता भएकाले एउटा सिलिन्डरकै ४० हजारसम्म पर्न थालेको अक्सिजन उत्पादक संघका अध्यक्ष शारदा बताए । ‘केरुङ नाकाबाट सिलिन्डर ल्याउन सके केही सस्तो पर्छ,’ उनले भने ।

सहज यातायातको सुविधा भएको ठाउँमा अक्सिजन पुर्‍याउन सजिलो देखिए पनि पहाडी क्षेत्रमा आपूर्ति जटिल, खर्चालु र चुनौतीपूर्ण देखिएको छ । पहाडी जिल्लामा अक्सिजन आपूर्ति गर्न ‘अक्सिजन कन्सन्ट्रेटर’ उपयोग गर्ने रणनीतिमा स्वास्थ्य मन्त्रालय देखिएको छ । अक्सिजन कन्सन्ट्रेटरले हावामा भएको अक्सिजनलाई एकत्रित गर्छ ।

वातावरणको हावामा करीब ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र १ प्रतिशत अन्य ग्यास हुन्छन् । अक्सिजन कन्सन्ट्रेटरले वातावरणको हावालाई तानेर नाइट्रोजन फ्याँक्छ र अक्सिजन बिरामीका लागि उपलब्ध गराउँछ । यसबाट प्राप्त अक्सिजन ९० देखि ९५ प्रतिशतसम्म शुद्ध हुन्छ । 

आईसीयूमा भर्ना गर्नुपर्ने गम्भीर अवस्थाका बिरामीका लागि कन्सन्ट्रेटर प्रभावकारी नहुन सक्छ । किनभने उनीहरूलाई एक मिनेटमा २४ लिटर वा योभन्दा बढी अक्सिजन चाहिन सक्छ । ‘दुर्गम पहाडी क्षेत्रमा अक्सिजन कन्सन्ट्रेटर उपयोग गर्नु सहज छ । कन्सन्ट्रेटरले प्रतिमिनेट १० लिटर अक्सिजन दिन सकिन्छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहले भने, ‘२४० वटा कन्सन्ट्र्रेटर वितरण गरिसकेका छौं, १५० वटा कन्सन्ट्रेटर वितरण गर्दै छौं । अरू ४ सय वटा आउँदैछ ।’ मन्त्रालयले हालसम्म १ हजार वटा ठूला अक्सिजन सिलिन्डर किनेर वितरण गरिसकेको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x