×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभामा एउटै उम्मेदवार बनाउनेबारे एमाले भित्र छलफल तीब्र, दोस्रो तहका नेताहरू सक्रिय

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभाको रिक्त एक स्थानका लागि बागमती प्रदेशमा जेठ ६ गते हुने उप निर्वाचनका लागि शुक्रवार उम्मेदवारको मनोनयन हुँदैछ । बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले डा खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । बागमती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपाल निकट मानिन्छन् । नेकपा एमालेले भने आधिकारिक उम्मेदवार घोषणा गर्न सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको रिक्त स्थानमा उम्मेदवार बनाउने बताएको एमालेले बिहीवार औपचारिक निर्णय गर्न सकेको थिएन । विपक्षी गठबन्धन बलियो हुँदा चुनाव हार्न सकिने भन्दै थापा स्वयम्ले उम्मेदवारी दिन अस्वीकार गरेको स्रोतको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

एमालेको तर्फबाट साझा उम्मेदवार बनाउनको लागि एमाले संस्थापन पक्ष र माधव नेपाल पक्षबीच बिहीवारदेखि तीब्र छलफल भइरहेको छ । राष्ट्रिय सभाको उम्मेदवारीमा सहमति गरेर पार्टी एकता गर्न भन्दै एमालेका दोस्रो तहका नेताहरू क्रियाशील भएका छन् । 

Vianet communication
Laxmi Bank

महासचिव ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल समूहका नेताहरूसँग बिहीवार छुट्टाछुट्टै छलफल गरेका थिए । शुक्रवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरूले प्रयास गरेका छन् । 

वैशाख ९ र १० गते ओली र नेपालबीच २ चरणमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । पार्टीलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्काउनु पर्ने माधव नेपाल पक्षको शर्त छ । 

एमाले विवाद उत्कर्षमा पुगेको समयमा बिहीवार राष्ट्रपति विद्या भण्डारीले दिउँसो ओली र साँझ नेपालसँग परामर्श गरेकी थिइन् । भण्डारीले मिलेर अघि बढ्न सुझाएको एमाले स्रोतले बतायो । 

बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षमाथि गरिएको कारवाही फुकुवा गर्नेबारे समेत छलफल भएको थियो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्माले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यस अघि नै एउटा समझदारीमा पुग्नेगरी छलफल चलिरहेको एमालेका दोस्रो तहका नेताहरूले बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x