×

NMB BANK
NIC ASIA

महामारीमा लुट

कोरोनाकालमा लुट धन्दा: पहिले २ लाख भाडा पर्ने ठाउँमा हेलिकप्टर चार्टर गर्दा ७ लाखसम्म असुली !

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दश दिनअगाडि नेपाली कांग्रेस बुटवल नगर सचिव ज्योति भण्डारीलाई कोरोना संक्रमण भयो । स्वासप्रश्वासमा समस्या भएपछि वैशाख २० गते बुटवलमा सघन उपचार कक्ष (आईसीयू) बेड अभाव भएपछि भण्डारीलाई काठमाडौं लैजानुपर्ने अवस्था आयो ।

Muktinath Bank

आफन्तले हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरे । सिम्रिक एयरलाइन्समा फोन गरे । बुटवलबाट काठमाडौंका लागि ‘चार्टर’ गरेर बिरामी लगेको ५ लाख २० हजार खर्च लाग्ने सिम्रिक एयरले बतायो । महंगो भयो भनेर परिवारले अन्य एयरलाइन्सलाई फोन गर्न थाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य एयरलाइन्स व्यस्त रहेकाले आउन नसक्ने बताए । त्यसपछि भण्डारीका आफन्त अमृत बस्यालले पुनः उही सिम्रिकलाई फोन गरेर ल बिरामी लिन बुटवल आउनुहोस् भने । तर, २० मिनेटपछि फोन गर्दा सिम्रिकले भन्यो– ६ लाख घटी आउन सकिँदैन ।


Advertisment
Nabil box
Kumari

बस्याल भन्छन्, ‘२० मिनेट अगाडि ५ लाख २० हजार रुपैयाँ भनेकाले एकैछिनमा फोन गर्दा ६ लाख तल आउन सकिँदैन भन्यो । के गर्ने आफू अप्ठ्यारोमा परेपछि उसैले भनेको ६ लाखमै बिरामीलाई काठमाडौं लैजानुपर्‍यो ।’ 

Vianet communication
Laxmi Bank

सुगर, निमोनिया देखिएपछि काठमाडौं लगिएका भण्डारीको बीपी स्मृति सामुदायिक अस्पताल बसुन्धरा काठमाडौंमा उपचार भइरहेको छ ।

बस्याल भन्छन्, ‘संकट र महामारीको बेलामा सेवा दिने नाममा लूट धन्दा रहेछ । के गर्ने सरोकारवाला निकाय पनि बोल्दैन । अनुगमन पनि गर्दैन । कति भाडादर हो भन्ने कसैलाई पनि थाहा छैन । मनपरी चलेको रहेछ ।’  

रूपन्देहीकै सैनामैना नगरपालिका वडा नम्बर–३ की आशा गौतमलाई वैशाख १४ गते ज्वरोले थला पार्‍यो । बुटवलको तिलोत्तमा हस्पिटलमा आएर चेकजाँच गराउँदा निमोनिया देखियो । औषधि खाइन् । निको भएजस्तो भयो तर उनलाई खोकी रोकिएन ।

कोरोनाको शंका लागेर पीसीआर जाँच गर्दा उनलाई कोभिड संक्रमण देखियो । स्वासप्रश्वासमा समस्या देखिएपछि सैनामैनाकै कोभिड अस्पताल पदमपाणि चिकित्सालयमा राखिए पनि निको हुने छाँट देखिएन । उनका श्रीमान हेमन्त डराए ।

श्रीमतीलाई हेलिकोप्टरबाट काठमाडौं लैजान बुद्ध एयरलाई बोलाए । बुटवलबाट काठमाडौं लगेको ५ लाख ६५ हजार रूपैयाँ भाडादर भन्यो । 

हेमन्तले भने, ‘बुद्ध एयरको हेलिकप्टरमा महंगो भन्यो । ५ लाख रुपैयाँसम्म गरिदिन बिन्ती गरे । तर, टसमस भएन । के गर्ने बिरामीलाई गाह्रो भइसकेको थियो, उसैले भनेको ‘रेट’मा लैजानुपर्ने अवस्था आयो ।’ 

हेमन्तले भने, ‘कोरोनाले धेरैको उठिबास लगाउने भयो । ज्यान र धन दुवै सकिने अवस्था आयो । कम्तिमा एउटा रेट त होला नि ? एयरलाइन्सले मनपरी भन्छन् ।’ 

आशाको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 

रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर– १ नयाँमिलकी पुष्पा बस्नेतलाई कोभिड संक्रमणले च्याप्यो । रूपन्देहीका विभिन्न अस्पताल चाहार्दा पनि कहीँ आईसीयू पाइएन । उनका श्रीमान इञ्जिनीयर दुजेन्द्र बस्नेत श्रीमतीलाई कोभिडले च्यापेपछि छटपटिए । अनि काठमाडौ लैजाने निचोडमा पुगे ।

हेलिकप्टरमा काठमाडौं लैजान मनाङ एयरलाइन्सलाई सम्पर्क गरे । काठमाडौं लगेको ३ लाख ८० हजार भाडा र ५० हजार डाक्टर चार्ज लाग्ने एयरलाइन्सले बतायो ।

दुजेन्द्रले भाडादर केही मिलाउन भने तर उनको कुरा सुनुवाइ भएन । अनन्तले भाडा र डाक्टर चार्ज गरी ४ लाख ३० हजार तिरेर श्रीमतीलाई काठमाडौंमा पुर्‍याए । उनको अहिले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ । 

दुजेन्द्र भन्छन्, ‘महामारीमा एयरलाइन्सको लुट धन्दा रहेछ । राज्यले छिटो यसको निगरानी गरेर दररेट तय गर्नुपर्‍यो, नत्र जनता लुट्ने भए ।’

अहिले बुटवल तथा यस आसपासका जिल्लामा दैनिक ५/६ वटा हेलिकप्टर घुमिरहन्छ । बिरामीलाई काठमाडौंसम्म लैजानका लागि अगाडि नै पैसा डिपोजिट गरिसक्नुपर्छ । 

सामान्य अवस्थामा भाडा २ दुई लाख  

बुटवल तथा यस आसपासका क्षेत्रबाट हेलिकप्टर चार्टर गरी काठमाडौं जान सामान्य अवस्थामा २ देखि साढे २ लाखसम्म भाडा पर्छ । तर अहिले ६ देखि ७ लाखसम्म असुलिरहेका छन् । 
४ लाख ५० हजारभन्दा तल कुनै पनि एयरलाइन्सले बिरामी लैजाँदैनन् ।

दाङबाट काठमाडाैं लगेको त ७ लाख रुपैयाँसम्म भाडा लिएको समाचार आइरहेका छन् । 

माउन्टेन एयरका क्याप्टेन हिरा दाहालले सामान्य अवस्थाका २ लाख भाडा भए पनि अहिले संक्रमितलाई बोक्न ४ लाख ५० हजारभन्दा कममा बुटवल चार्टर गरेर आउन नसकिने बताए ।
उनले भने, ‘एयरलाइन्स अनुसार भाडा पनि फरक–फरक छ । संक्रमित बोक्ने केस जटिल हो ।

त्यहाँ डाक्टर, नर्स, अक्सिजन सहितको टीम चाहिन्छ । अझै बिरामीको अवस्था हेरेर भाडा बढ्न पनि सक्छ । समय रातिको छ भने झनै गाह्रो हुन्छ, कहाँ सहज छ र ?’ दाङबाट केही दिन अगाडि काठमाडौं बिरामी हेलिकप्टरमा लैजाँदा ७ लाख ५० हजार रुपैयाँ लिएको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । 

‘कालोबजारी ऐनअन्तर्गत कारवाही गरिनुपर्छ’

सुशासनविद् खेमराज रेग्मीले आपतका बेला अनुचित नाफा आर्जन गर्ने एयरलाइन्सलाई कारवाही गरिनुपर्ने बताए ।

‘देशमा अहिले यस्तो महामारी छ,’ रेग्मीले भने, ‘यस्तो बेलामा सहुलियत दरमा सेवा दिनुपर्ने ठाउँमा दोब्बर/तेब्बर असुल्नु सिधै लुट धन्दा हो । यस्तो गर्नेलाई कालोबजारी ऐन अन्तर्गत कारवाही गरिनुपर्छ । कमाउ धन्दा गर्ने एयरलाइन्सको बिजनेसलाई राज्यले प्रतिबन्ध लगाउन सक्नुपर्छ ।’

उनले थपे, ‘यस्तो बेलामा हामीले घच्घच्याउने हो । सरकार त बहिरो र अन्धो छ । के भन्ने जनता सबैभन्दा मारमा परे ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x