×

NMB BANK
NIC ASIA

ललिता निवास जग्गा प्रकरणमा न्यायाधीशकै राय बाझियो

बैशाख २५, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास क्याम्पको जग्गा प्रकरणमा थुनामा रहेका दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

Muktinath Bank

न्यायाधीशद्वय ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले शुक्रवार बस्न्यातलाई ५ लाख धरौटी लिएर रिहा गर्न भनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने/नगर्नेबारे भने न्यायाधीशबीच राय बाझिएको छ ।


Advertisment
Nabil box
Kumari

बस्न्यातले सर्वोच्चमा बन्दीप्रत्यक्षी करणको रिट दायर गरेका थिए । उनले विभागीय मन्त्रीसमक्ष फाइल पेश गर्नेसम्मको कार्य गरेको र उनी सरहका अन्य कतिपय पदाधिकारी साधारण तारेखमा वा धरौटीमा रहेको देखिएको आदेशमा छ । ६९ वर्षीय ज्येष्ठ नागरिक देखिनुका साथै मुटुसम्बन्धी समस्या रहेका, परिवारका सदस्यमा कोभिड–१९ संक्रमण भई उपचाररत रहेको कागजात समेत पेश भएको आदेशमा उल्लेख छ । त्यसैले मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मानवीय दृष्टिकोणले पनि अनुचित हुने अदालतको ठहर छ ।

Vianet communication
Laxmi Bank

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव भएका बेला जग्गा अतिक्रमणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल सरकारअन्तर्गत समरजंग कम्पनी, राजकुलो र बाटोको नाममा श्रेस्ता पुर्जा कायम रहेको १९ रोपनी १५ आना १ पैसा २ रोपनी सरकारी, सार्वजनिक जग्गा आफ्नो कार्यालयको क्षेत्राधिकार नाघी सरकारको नामबाट लगतकट्टा गरी १७ जनालाई मोही जग्गाधनी कायम गराएको आरोप लागेको छ । अख्तियारले उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गरेको थियो ।

विशेष अदालतले गत मंसिर २८ गते बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । थुनाबाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च गए पनि उनको माग सुनुवाइ भएको थिएन । त्यसपछि उनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । 

न्यायाधीशद्वयबीच ढकाललाई थुनामुक्त गर्ने/नगर्नेबारे भने राय बाझिएको छ । न्यायाधीश खतिवडाले लगभग समान स्थितिका प्रतिवादी मीनबहादुर गुरुङलाई धरौटी लिई तारेखमा राख्ने गरी विशेष अदालतले आदेश दिएकाले ढकाललाई धरौटीमा रिहा गर्नुपर्ने राय दिएका छन् । गुरुङलाई २ करोड धरौटीमा छाडिएको थियो ।

‘विवादको प्रकृति, जग्गामा यी प्रतिवादीले हक प्राप्त गरेको तरिका लगभग समान स्तरका प्रतिवादीबाट धरौटी जमानत लिने गरी आदेश भएको अवस्था तथा अभियोग दाबीको स्थिति समेतका समग्र पक्षमा तत्काल प्राप्त प्रमाणका रोहमा विचार गर्दा निजलाई मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मनासिब देखिएन,’ खतिवडाको राय छ । 

डा. भट्टराईले भने ललिता निवास जग्गा प्रकरणमा ढकालको संलग्नता अरूसँग दाँज्न मिल्ने नभएको राय दिएका छन् । ढकालको संलग्नता जग्गाको हालसाविक गर्ने प्रक्रियामा प्रारम्भदेखि नै रहेको र उनले आफू, श्रीमती लगायत परिवारका सदस्य तथा आफू संलग्न कम्पनीका नाममा पनि जग्गा दर्ता गराएको देखिएको भट्टराईले उल्लेख गरेका छन् ।

२०२१ सालको नापीमा नै सरकारी देखिएको जग्गा व्यक्तिका नाममा दर्ता गरी फाइदा लिने प्रमुख पात्र ढकाल नै रहेको न्यायाधीश भट्टराईको ठहर छ । ढकाललाई विषयवस्तुको गम्भीरता र उनीमाथिको अभियोग समेतका आधारमा विशेष अदालतले थुनामा राख्न गरेको आदेश सही देखिएको उनको राय छ । ढकालको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुनेछ ।

अख्तियारले रामप्रसाद सुवेदी र ढकाललाई आरोप पत्रमा भूमाफिया भनेर इंगित गरेको छ । ढकालले ललिता निवासको धेरै कित्ता जग्गा आफू र श्रीमती उमाकुमारी ढकाल्नीको नाममा दर्ता गराएका थिए । अख्तियारको आरोपपत्रमा ढकालले ललिता निवासको जग्गा अतिक्रमणमा प्रत्यक्ष संलग्न भई बदनियतपूर्वक ललिता निवासको अधिकांश जग्गा आफू, परिवार र आफैं सञ्चालक भएको कम्पनी समेतको नाममा लिई गैरकानूनी लाभ र सरकारलाई प्रत्यक्ष हानी–नोक्सानी पुर्‍याएको उल्लेख छ । अख्तियारले भूमाफिया ढाकालविरुद्ध ३९ करोड २७ लाख ६८ हजार बिगो मागदाबी गरेको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x