×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभामा थापा र देवकोटाको प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

Muktinath Bank

नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रवार मनोनयनपत्र दर्ता गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको साथ छ । नेपाल पक्षले साथ नदिए थापा राष्ट्रिय सभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्री थापाले हेटौैंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा शुक्रवार मध्याह्न १२ः३० बजे उम्मेदवारी दर्ता गराए । थापाका प्रस्तावक बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् । 

Vianet communication
Laxmi Bank

एमाले नेता/कार्यकर्ता तथा प्रदेश मन्त्रिमण्डलको टोलीसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थापाले आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘नेकपा एमालेको सबै मत मलाई आउनेमा म विश्वस्त छु, निर्वाचन जित्छु,’ उनले भने । उनी हेलिकप्टर चढेर हेटौंडा आएका थिए ।  

देवकोटाले शुक्रवार बिहान ११ः१५ मा उम्मेवारी दिए । देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले छन् । देवकोटाले आफू सहजै जित्ने दाबी गरे ।

उनले भने, ‘स्थानीय तह र प्रदेशमा बसेर काम गरेको अनुभवले अब राष्ट्रिय सभामा बसेर काम गर्छु ।’

थापाले चुनाव चिह्न सूर्य र देवकोटाले कमल माग गरेका छन् । नेमकिपाबाट तामाङले मध्याह्न १२ः१५ बजे उम्मेदवारी दर्ता गराए । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य १ जनाको मत बराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको १ मत बराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । प्रदेशभित्र ११० प्रदेशसभा सदस्यको ५ हजार २८० र ११९ स्थानीय तहका २३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

जम्मा ९ हजार ५६४ मत रहेको छ । तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६३२ मत छ । नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १०४ मत छ । माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १०४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ । नेमकिपाका २ सहित अन्य ८ प्रदेशसभा सदस्य छन् । 

स्थानीय तहतर्फ एमालेका १३३ अध्यक्ष/उपाध्यक्ष रहेको ओली पक्षको दाबी छ । उनीहरू सबैले एमालेमै मतदान गरे २ हजार ३९४ मत थापालाई थप हुनेछ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये ४० प्रतिशत आफ्नो पक्षका रहेको नेपाल खेमाको दाबी छ । नेपाल पक्षले घोषणा नगरे पनि आफैंले खडा गरेको देवकोटालाई मत हाल्ने तयारी छ ।

‘हाम्रो सल्लाह भइरहेको छ, सामूहिक निर्णय हुन्छ । नेताहरूसँगको सल्लाहमा छौं,’ बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले भनिन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x