×

NMB BANK
NIC ASIA

महामारीमा सेवा

डर हटाएर खटिएकी भीमकी ‘फ्रन्टलाइनर’

‘युद्ध लडिरहेका सिपाहीभन्दा बढी जोखिम’

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालकी स्टार्फ नर्स हुन् २३ वर्षीया बिनिता भट्टराई । 

Sagarmatha Cement
Muktinath Bank

जिल्लाको तिलोत्तमा नगरपालिका–९ मंगलापुरकी बिनिताले डेढ वर्ष अघिदेखि अस्पतालमा सेवा गरिरहेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व महामारी कोरोना भाइरस संक्रमण शुरू हुनुभन्दा केही अघिदेखि स्वास्थ्य सेवामा प्रवेश गरेकी बिनिताले पछिल्लो १५ दिनयताको जस्तो जटिल अवस्था कहिल्यै भोगिनन्, देखिनन् । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ संक्रमित बिरामीको जीवन रक्षाका लागि अहिले बिनितालाई खाना खाने समेत फुर्सद छैन । ‘फ्रन्टलाइन’मा सक्रिय उनको दिनचर्या नै फेरिएको छ ।

Vianet communication
Laxmi Bank

कोरोनाको दोस्रो लहरबाट गम्भीर संक्रमित भएकाको उपचारमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले अहिले अलि फरक अनुभूति गरेका छन् । बिनिता भन्छिन्, ‘अहिले कोभिडमा काम गर्ने स्वास्थ्यकर्मी साँच्चै युद्ध लडिरहेका सिपाहीले भन्दा बढी जोखिममा रहेर काम गरिरहेका छन् । तर हामीले कति पनि विचलिन नभई काम गरेका छौं । यस्तो बेलामा आत्तिने होइन, बढी जिम्मेवार र जवाफदेही भएर काम गरेका छौं ।’ 

अहिलेको भयावह अवस्थामा सकेसम्म बिरामीलाई बचाउनु स्वास्थ्यकर्मीको धर्म हो । रूपन्देहीमा भीम अस्पताल र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिडका बिरामीको उपचार हुन्छ । अस्पतालमा बेड नपाएर बिरामी भूइँमै पल्टिरहेका छन् । ‘अक्सिजन देऊ’ भन्दै स्याँस्याँ गर्दै बिलौना गर्छन् । अस्पतालमा पर्याप्त अक्सिजन छैन ।

बिनिता भन्छिन्, ‘बिरामीले अस्पताल आएर स्वास्थ्यकर्मीलाई चित्कार सुनाउँदा आफैं अक्सिजन किनेर मुखमा जोडिदिऊँ जस्तो हुन्छ तर के गर्ने, त्यो कहाँ सम्भव छ र ?’

अस्पतालले शुक्रवार सूचना निकालेर बिरामीको अत्याधिक चापका कारण अक्सिजनको आपूर्ति नपुग्ने भएकाले नयाँ बिरामी भर्ना लिन नसक्ने बताइसकेको छ । दैनिकजसो अस्पतालमा संक्रमितले ज्यान गुमाउँदा नजिकका बिरामी डराउँछन्, हाम्रो अवस्था पनि यस्तै हुने हो कि भनेर ।

बिनिताले सम्झाउँछिन्, ‘हामीले जित्छौं । जित्न सकिन्छ ।’ डराउने होइन भन्दै बिरामीको आत्मबल बढाउन हौसला प्रदान गर्छिन् ।

अस्पतालमा आइपुगेर पनि शय्या नपाएर बिरामी र उनका आफन्तले गरेको बिलौना देख्दा बिनिताले मन थाम्न सक्दिनन् । महामारीविरुद्ध अग्रपंक्ति (फ्रन्टलाइन) मा रहेर लडिरहेकी भट्टराई अस्पतालमा आइपुगेका बिरामीलाई भर्ना गरेर उपचार गर्न नसकिने अवस्था देखेर आफैंलाई चिडचिडहावट हुने बताउँछिन् ।

पीपीई लगाएर ७–८ घण्टासम्म सेवामा खट्छिन् उनी । पसिनै–पसिना हुने भैरहवाको गर्मीमा लगातार लामो समयसम्म पीपीई लगाउँदा उनले पानी समेत खान पाउँदिनन् । १० घण्टासम्म पीपीई ‘ड्युटी’ सकेर निवासमा जाँदा उनको कपडा निचोर्दा झण्डै आधा लिटर पानी निस्किन्छ ।

गत वर्ष मनमा डर राखेर पनि ‘फ्रन्टलाइनर’ बनेकी बिनितालाई अहिले भने डर हटिसकेको छ । ‘गत वर्ष शुरूमा अस्पतालमा एक जना बिरामी आउँदा पनि निकै डर लागेको थियो,’ उनी भन्छिन्, ‘हाम्रो लागि यो नौलो रोग पनि थियो । तर अहिले डर हटिसकेको छ । जटिल बिरामी र मृत्युदर बढी छ । यो एकदमै ‘डेन्जर’ अवस्था हो ।’ 

बिरामीको तापक्रम र रक्तचाप मापन गर्ने, समय–समयमा औषधि दिने, शल्यक्रिया गर्दा विशेषज्ञ डाक्टरलाई सघाउने जस्ता काम नर्सले नै गर्दछन् । यस्तो त्राससँग जुध्न सघाउन परिवारको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । गत वर्ष संक्रमित बिरामी जटिल प्रकृतिका थिएनन्, बिरामीका कुरुवा पनि हुँदैन्थे । अहिले संक्रमितसँगै १ जना कुरुवा पनि राख्न थालिएको छ । 

कोरोनाको दोस्रो लहरबाट काठमाडौंपछि सबैभन्दा बढी प्रभावित रूपन्देही छ । पछिल्ला दिनमा जिल्लामा दैनिक १ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । जिल्लाका सरकारी २ वटा अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालमा अहिले कोभिड–१९ संक्रमित गम्भीर प्रकृतिका बिरामीलाई शय्या अभावमा भूइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ भने धेरै जना शय्या र अक्सिजन नपाएर रूँदै घर फर्किन्छन् ।

देश थला परेका बेला एउटा स्वास्थ्यकर्मी कुनै हिच्किचाहट मान्न नहुने उनको बुझाइ छ । उनलाई घरबाट दैनिक रूपमा डराउँदै फोन गर्छन् । ‘छोरी अवस्था भयावहतर्फ गयो, के गर्छेस्’ भनेर सोध्छन् । उनले जवाफ फर्काउँछिन्, ‘तपाईंहरूलाई जोखिममा पार्न म घर आउँदिनँ । अस्पतालले हामीलाई यहीँ क्वार्टर मिलाइदिएको छ । म बसेर अहिले देशमा आएको महासंकटलाई न्यूनीकरण गर्न खटिएकी छु । पीर मान्नु पर्दैन ।’ 

शुरूका दिनमा संघर्ष गरे पनि अहिले कोरोनाले सुनामीको रूप लिँदै गर्दा पनि उनी खुशी र विना संकोचका साथ काम गरिरहेकी छन् । कोरोना भाइरसको पहिलो चरणभन्दा अहिलेको नयाँ भेरियन्टमा धेरै जटिल अवस्था झेल्नुपरेको छ । अस्पतालमा उपचारका लागि आएका बिरामीको ‘डिस्चार्ज फ्लो’ कम रहेको उनको अनुभव छ ।

‘धेरैजसो बिरामीलाई प्रतिमिनेट १५ लिटरभन्दा कम अक्सिजनले थेग्दैन, यसका लागि अस्पतालमा अक्सिजन ‘पाइपलाइन’ आवश्यक भइसकेको छ, सिलिन्डरले नधान्ने अवस्था आएको छ,’ बिनिताले भनिन् । 

कोरोना न्यूनीकरणका लागि एक सचेत नागरिकले भौतिक दूरी कायम गर्ने र मास्क प्रयोग गरे पनि ठूलो सहयोग हुने बिनिता बताउँछिन् । ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने कोभिड कसैलाई पनि हुँदैन,’ उनी भन्छिन्, ‘कोभिडबाट आत्तिनुभन्दा पनि सजग हुनुपर्छ । यस्तो बेलामा आत्तिनेभन्दा पनि सावधानीपूर्वक कसरी बच्ने हो, त्यसतर्फ सोच्नुपर्छ ।’

‘संक्रमितको उपचारमा ‘टीमवर्क’ महत्त्वपूर्ण हो । त्यसैले टीममा लिडर चिकित्सक, नर्सहरूको हौसला बढाएर उपचारमा संलग्न भइरहेका छौं । अस्पताल प्रशासनबाट पनि राम्रो ‘सपोर्ट’ हामीलाई छ,’ बिनिताले खुशी साथ भनिन्, ‘अहिले प्रशासनले गरेका निषेधाज्ञालाई पूर्णपालना गर्नुपर्छ । यसलाई बेवास्ता गरे हामीलाई नै ठूलो हानी हुनेछ । नेपालीले बानी परिवर्तन गरेमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था आउने थिएन ।’

कोभिड—१९ विश्वव्यापी रूपमै फैलिरहेको संक्रामक रोग भएकाले निकै सचेतता अपनाउनुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछिन् । ‘उपचारमा संग्लनहरूमा पनि संक्रमण भइरहेकाले यसमा हामीले पनि उच्च सजगता अपनाएर उपचारमा खट्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।

कोरोना संक्रमितको उपचारका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले गत वर्ष जोखिम भत्ताको पनि व्यवस्था गरेको थियो । ‘गत वर्ष हामीले जोखिम भत्ता पाएका थियौं । यस वर्ष के हुने हो टुंगो छैन,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x