×

NMB BANK
NIC ASIA

राजनीतिक घटनाक्रम

ओलीको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय, वैकल्पिक सरकारको पहल गरेपनि तत्काल अविश्वासको प्रस्ताव नल्याउने

बैशाख २५, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभामा सोमवार प्रधानमन्त्री ओलीले विश्वासको मत लिदै छन् । 

Muktinath Bank

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकले ओलीको विपक्षमा मतदान गर्ने र वैकल्पिक सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । कांग्रेसले विश्वासको मत फेल गराउन अन्य दललाई समेत आह्वान गर्ने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वैशाख २७ गतेको बैठकमा ओलीको विपक्षमा मतदान गर्ने र विश्वासको मतलाई असफल बनाउन अन्य अन्य दललाई आह्वान गर्ने निर्णय भएको छ’ सांसद एवं केन्द्रीय सदस्य डा डिला संग्रौलाले लोकान्तरसँग भनिन् । 


Advertisment
Nabil box
Kumari

बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले वैकल्पिक सरकार गठनको लागि गृहकार्य भइरहेको बताएका थिए । उनले कांग्रेस आफैले अविश्वासको प्रस्ताव ल्याउन पहल गरेपनि समय परिपक्व नभएको बताएका थिए । केन्द्रीय समितिबाट चैत्र २० गते वैकल्पिक सरकार गठनको निर्णय भएदेखि नै देउवाले अन्य दलहरूसँग छलफल चलिरहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

बैठकमा सांसदहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आग्रह गरेका अर्का एक सांसदले लोकान्तरलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि समय तोकिसकेको अवस्थामा अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने जवाफ नेतृत्वले दिएको एक सांसदले बताए । 

आफ्नो कुरा राखेर सभापति देउवा बाहिरिएका थिए । बैठकको अन्तिममा प्रमुख सचेतक बालकृष्ण खाणले विश्वासको मतको प्रस्ताव असफल बनाएर वैकल्पिक सरकार गठनमा कांग्रेस लाग्ने बताएका थिए । 

दलहरूसँग छलफल गर्नु छ भन्दै देउवा बैठकबाट बाहिरिएका थिए । देउवाले बुधवार प्रधानमन्त्री ओली, बिहीवार एमाले नेता माधव नेपाल र शुक्रवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 
‘विश्वासको मत लिने प्रस्ताव असफल भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको बेला बैकल्पिक सरकार गठनको लागि पहल गर्ने तयारी छ’ कांग्रेसका एक पदाधिकारीले भने । 

कांग्रेसले प्रधानमन्त्री ओलीले आइतवारको लागि बोलाइएको संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x