×

NMB BANK
NIC ASIA

उत्कर्षमा एमाले विबाद

खनाल–नेपाल पक्षका सांसद राजीनामाको तयारीमा, केहीको हस्ताक्षर संकलन

बैशाख २५, २०७८

NTC
Sarbottam
खनाल नेपाल पक्षका नेताहरु । फाइल तस्वीर
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिने अघिल्लो दिन एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरुले राजीनामा गर्ने तयारी गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएका छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाल पक्ष राजीनामा गरेर संसदबाट बाहिरिने तयारी गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

खनाल नेपाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा गर्ने तयारी गरेको राजीनामाको तयारीमा रहेका एक प्रत्यक्ष निर्वाचित सांसदले जानकारी दिए । प्रत्यक्ष निर्वाचित २२ सहित नेपाल पक्षमा ३० बढी सांसद रहेको बताइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । ‘संसदमा उपस्थित भएर भोट नहाल्नु भन्दा राजीनामा गर्नु उपयुक्त हुने निष्कर्षमा पुग्यौं, भोलि दिउँसोसम्म राजीनामा गछौं’ नेपाल पक्षीय सांसदले शनिवार लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

संसदमा प्रधानमन्त्रीको पक्षमा विश्वासको मत पुग्न नदिने र ओलीलाई विस्थापित गर्ने योजना अनुसार खनाल नेपाल पक्ष सामूहिक राजीनामा गर्ने निष्कर्षमा पुगेको हो । नेपाली कांग्रेस र माओवादीसँग नेपाल पक्षले राजीनामा गरेर संसदमा बहुमत पुर्याइदिने बचन दिएको थियो । 

Vianet communication
Laxmi Bank

नेकपा एकता भंग भएपछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने आफूहरुको माग सुन्न पार्टी अध्यक्ष ओली सहमत नभएपछि आफूहरु राजीनामा गर्ने निष्कर्षमा पुगेको ती नेताले बताए । 

सांसदहरुले आइतवार दिउसो छुट्टा छुट्टै राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । त्यसअघि खनाल नेपाल समूहको बैठक बिहान बस्ने भएको छ । ‘रातभरीमा चमत्कार भएन भने भोलि हामी राजीनामाको अप्रिय स्थितीमा पुग्दैछौँ’ नेपाल पक्षीय सांसदले भने । 

प्रत्यक्ष निर्वाचित सांसदसहित स्पष्टिकरण सोधिएका केही समानुपातिक सांसदहरुले पनि राजीनामाको तयारी गरेको स्रोतले बतायो । नेपाल पक्षका अधिकांश प्रत्यक्ष निर्वाचित सांसदले शनिवार नै राजीनामा पत्र नेता नेपाललाई बुझाएका छन् । 

नेपाल पक्षका सांसदले राजीनामा गरेपछि जसपाको एउटा पक्षले समर्थन गरेपनि ओलीको पक्षमा संसदमा बहुमत पुग्दैन । 

राजीनामा गर्नुअघि नेपाल पक्षका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका थिए । आफ्नो पक्षका सांसदको राजीनामा बारे नेपालले बिहीवार पनि देउवासँग परामर्श गरेका थिए । 

खनाल नेपाल पक्षका २० सांसदले राजीनामा गर्दा प्रतिनिधि सभाको समीकरणमा फेरबदल आउने देखिन्छ । २० सांसदको पद खारेज भयो भने संसदमा बहुमत पुर्याउन १२६ सांसद भए पुग्छ । 

झलनाथ खनाल, माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, यज्ञराज सुनुवार, पार्वती निरौला खरेल लगायत सांसद प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x