×

NMB BANK
NIC ASIA

नेपाल सुपर लिगको नकआउट चरणः ललितपुर सिटी दोस्रो क्वालिफायरमा

बैशाख २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अञ्जन विष्टको निर्णायक गोलको मद्दतमा ललितपुर सिटीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । 
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको खेलमा अञ्जनले ६२औं मिनेटमा गरेको गोल निर्णायक बन्दा ललितपुरले दोस्रो क्लालिफायरमा स्थान बनाउन सफल भएको हो । पराजित भएसँगै बुटवल लुम्बिनीको नेपाल सुपर लिगको यात्रा इलिमेनेटरमा समाप्त भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

निकै प्रतिस्पर्धात्मक खेलमा  दुबै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुल्ने अवस्थामा दुबै टोली जितको खोजीमा मैदान उत्रिएका थिए । सोही अनुसार आक्रामक देखिएको ललितपुरका लागि १२औं मिनेटमा १५ यार्ड टाढाबाट डोना थापाले प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । त्यसको सात मिनेट पछि अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार निकै फितलो भयो । २५औं मिनेटमा डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले पुन उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि दोस्रो हाफ तिर लम्किएको खेलमा बुटवल लुम्बिनी आक्रामक देखियो ।  बाम्बार प्रयास गरे पनि गोलले पोस्टको दिशा लिन सकेन । काउन्टरकै प्रयास रहेको ललितपुरले ६२औं मिनेटमा अञ्जन विष्टकोग गोलबाट अग्रता पायो । अञ्जनले डाइभ हेडिङ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । उक्त गोल नै टोलीलाई दोस्रो क्वालिफायरमा पुग्न पर्याप्त भयो । बाँकी सयममा पनि ललितपुर अग्रता बढाउने प्रयासमा काउन्टर गरे पनि सफल हुन सकेन । बुटवल लुम्बिनीका खेलाडीले पनि केही राम्रा अवसरलाई सदुपयोग गर्न चुके । फल स्वरुप लुम्बिनी प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।


Advertisment
Nabil box
Kumari

सुरुआत कमजोर भए पनि ललितपुरले लिग चरणका अन्तिम खेलमा पुनरागमन गर्दै शीर्ष चारमा स्थान बनाउन सफल भएको थियो । अनपेक्षित खेल प्रदर्शनबाट ललितपुरका प्रमुख प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त पछि सहायक रेफ्रि राजु तामाङले टोली सम्हालेका थिए ।

Vianet communication
Laxmi Bank

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फम्र्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफयामा अब ललितपुरसँग खेल्नेछ । लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका थिए ।

खेलमा ललितपुर सिटीका गोलकिपर अपर्ण कार्की सुपर प्लेयर्स अफ दि म्याच चुनिए । कार्कीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर्सको उपाधि ललितपुर सिटीका मिडफिल्डर मिक्चेन तामाङ चुनिएर नगद १० हजार रुपैर्या प्राप्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x