×

NMB BANK
NIC ASIA

ओलीलाई उत्साहित बनाउने गरी ठाकुर–महतोको दौडादौड

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्। 

Muktinath Bank

ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार बुधबार दिउँसो ठाकुर र महतोले राष्ट्रपति कार्यालय शितल निवास गई राष्ट्रपतिलाई भेटेका थिए। ‘जसपामा दुईवटा पार्टी अध्यक्षको व्यवस्था छ। पहिलो अध्यक्षलाई बेवास्ता गर्दै दोस्रो अध्यक्षले गरेको हस्ताक्षरले पार्टीको प्रतिनिधित्व नगर्ने जानकारी उहाँहरू(ठाकुर र महतो)ले राष्ट्रपतिलाई गराउनुभएको छ,’ झाले भने। उपेन्द्र यादवले गरेको हस्ताक्षरले पार्टीको प्रतिनिधित्व नहुँने भन्दै ठाकुर–महतो पक्षले यसअघि नै राष्ट्रपति कार्यायलाई चिठी लेखेर जानकारी गराएका थिए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगमा पठाइएको सूचीमा जसपामा दुई वटा अध्यक्षको व्यवस्था गरिएको छ। जसपा स्रोतका अनुसार एउटा अध्यक्षले मात्र गरेको हस्ताक्षरलाई मान्यता दिने कि नदिने भन्ने विषयमा आयोगमा खुलाइएको छैन।  


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिलाई भेट्नुअघि ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए। प्रधानमन्त्रीसँग ठाकुर र महताको भेट बुधबार एक दिनमा दुईपटक भएको स्रोतको दाबी छ। मंगलबार पनि ठाकुर र महतोले प्रधानमन्त्रीलाई भेटेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि ठाकुर र महतोले राष्ट्रपतिलाई भेटेका थिए। ठाकुर र महतो आफ्नो अडानमा फेरबदल नभएको झाले बताए। स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा पनि ठाकुर र महतोले आफूहरू अडानमा फेरबदल नभएको सुनाएका थिए।  

Vianet communication
Laxmi Bank

ठाकुर र महतो पक्षधार नेताहरूले बुधबार साँझ पूर्वराष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय बबरमहलमा अनौपचारिक बैठक गरेका थिए। उक्त बैठकमा कित्ता परिवर्तन गरेका महेन्द्र यादवबाहेक पूर्व राजपाका सबै शीर्ष नेताहरू सहभागी थिए। यता उपेन्द्र यादव पक्षका नेताहरूले पनि पूर्वसमाजवादीको पार्टी कार्यालय बालकुमारीमा बैठक गरेका थिए। ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र ठाकुरबीच कुराकानी भएको थियो।

जसपामा अब कसको हस्ताक्षरलाई वैधानिकता दिने भन्ने विषयमा नयाँ विवाद सुरु भएको छ। ठाकुरनिकट नेताहरू ठाकुर पहिलो अध्यक्ष भएकोले ठाकुरको हस्ताक्षरलाई मान्यता दिनुपर्ने अडान राखेका छन् भने यादव पक्षका नेताहरूले यादवको हस्ताक्षरलाई मान्यता दिनुपर्ने दाबी गरेका छन्। नागरिक दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x