घट्यो सुनचाँदीको मूल्य

बिहीवार सुनचाँदी दुबैको मूल्य नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा बिहीवार सुन तोलाको ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।


Advertisement

महासंघका अनुसार बिहीवारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजाबी ९१ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३३५ रुपैयाँ तोकिएको छ ।

बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजाबी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्