कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ ।
गत पुष महिनामा स्थापना भएको कोरोना अस्पताल कोरोनाका बिरामी भेटिन छाडेका, नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि फागुनमा बन्द भएको थियो ।
मिस्ट्री र घलेम्दीखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्न जलविद्युत आयोजनाले भवन बनाएका थिए । आयोजना निर्माण सकिएपछि ति भवन प्रयोगविहिन बनेका थिए ।
सेनाको क्याम्प सरेपछि खाली भएका भवन मर्मत, रङ्गरोगन, खानेपानी, विद्युत जडान गरेर आइसोलेसन सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तत्काल मौजुदा स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर अस्पताल सुरु गरिसकेको र तलब व्यवस्थापन गरेर चिकित्सक ल्याउने र थप स्वास्थ्यकर्मी भर्ना प्रक्रियामा रहेको बताए ।
उपचारमा खटिने स्वास्थ्यकर्मीलाई तलबको पचास प्रतिशत अतिरिक्त सुविधा गाउँपालिकाल दिने भएको छ । कामको चाप बढेपछि गाउँपालिकाले सञ्चालन गरेको प्रयोगशालाका कर्मचारीहरुको तलब बढाइएको छ । अन्नपूर्णको कोरोना अस्पतालमा १५ सिलिण्डर अक्सिजनको ब्यवस्था गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले छ स्वास्थ्यकर्मीको तीन वटा समूह बनाएर २४ सै घण्टा सेवा दिइएको बताए ।
“बेनी अस्पतालका चिकित्सकको सम्पर्कमा रहेर दुई जनालाई अक्सिजन र एक जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ,” उनले भने,“अन्नपूर्णमा करिब तीस जना सक्रिय संक्रमित छन् । सात जनाले कोरोना जितेका छन् ।” केहीदिन अघि कोरोना सङ्क्रमण निको भएका सिनियर अहेव विक्रम पुनको नेतृत्वमा आइसोलेसन र कोरोना अस्पताल सञ्चालन भएको छ ।
वडा न. ४ गाडपारमा शुक्रबार एकै परिवारका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । गत चैत तेस्रो हप्ता अन्नपूर्ण–४ नारच्याङमा जलविद्युत आयोजनाका ११ जना कर्मचारी र समुदायका चार जनामा कोरोना सङ्क्रमण भएको थियो ।
आठ वटै वडाका स्वास्थ्य चौकीमा पनि एक÷एक वटा अक्सिजन सिलिन्डरको ब्यवस्था गरिएको छ । सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइने अध्यक्ष पुनले बताए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...