×

NMB BANK
NIC ASIA

फास्ट ट्र्याक ठेक्काबारे दिएको निर्देशन पुनर्विचार गर्न लेखा समितिलाई सेनाको आग्रह

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) ठेक्का सम्बन्धमा यसअघि दिएको निर्देशन पुनर्विचार गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ ।

Muktinath Bank

नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत लेखा समितिलाई पत्र पठाएर यसअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रक्षा मन्त्रालयले वैशाख २१ गतेको मितिमा लेखालाई पत्र पठाई सेनाको आग्रहअनुसार पुरानो निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

प्रधान सेनापति पूर्णचन्द्र थापाले वैशाख १९ गते लेखाको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै रक्षा मन्त्रालयलाई पत्र लेखेका थिए । 

‘लेखा समितिको पुरानो निर्णयमा पुनर्विचार गर्न आग्रहसहित लेखा समितिमा रक्षा मन्त्रालयको पत्र प्राप्त भएको छ,’ समितिका सचिव डा. रोजनाथ पाण्डेले भने, ‘अहिले समितिको बैठक बस्न नसकेकाले कुनै औपचारिक निर्णय भएको छैन ।’ 

समितिको निर्देशनविपरीत सेनाले तराई–फास्ट ट्र्याकको पुल र सुरुङ निर्माणका लागि दोस्रो प्याकेजको ठेक्का लगाएको खबर बाहिर आएका छन् ।

‘संसदीय समितिको निर्देशनविपरीत सेनाले फास्ट ट्र्याकको पुल र सुरुङ निर्माणका लागि ठेक्का लगायो भन्ने समाचारबाट थाहा पाएका छौं, समितिको निर्देशन उल्लंघन गर्ने विषयलाई गम्भीरतापूर्वक लिएका छौं,’ समितिका एक सदस्यले लोकान्तरसँग भने । 

फाष्ट ट्र्याकको पुल र सुरुङ निर्माणका लागि दोस्रो प्याकेजको टेन्डर रद्द गर्न यसअघि दिएको निर्देशन नमानेपछि लेखा समितिले वैशाख १५ गते सेनालाई पत्र पठाएर रोक्न ताकेता गरेको थियो । 

प्रतिस्पर्धा हुन नसकेको प्रिक्वालिफिकेसनमा परेको कम्पनीसँग सेनाले ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढाएपछि लेखाले रोक्नका लागि ताकेता गरेको थियो । 

समिति सचिव डा. रोजनाथ पाण्डेले वैशाख १५ गतेको मितिमा नेपाली सेनालाई पत्र लेखी टेन्डर प्रक्रिया रद्द गर्न फेरि ताकेता गरेका थिए । लेखा समितिले २०७७ चैत्र १९ गते काठमाडौं–तराई फास्ट ट्रयाकको पुल र सुरुङ निर्माणका लागि नेपाली सेनाले गरेको टेन्डरको दोस्रो प्याकेज रद्द गरेर पुनः प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । 

‘चैत १९ गते बसेको बैठकले प्रतिष्पर्धा हुन नसकेको दोस्रो प्याकेज रद्द गरेर पुन प्रिक्वालिफिकेसनअनुसार ठेक्का गर्ने देखेपछि रोक्न ताकेता गरिएको थियो,’ समितिका एक सदस्यले भने, ‘संसदीय समितिको निर्देशनविपरीत ठेक्का सम्झौता गरेको भए यो गम्भीर विषय हो ।’ 

समितिले ठेक्का प्रक्रिया शुरू गर्न लागेकोबारे आधिकारिक निर्णय रक्षा मन्त्रालयबाट मागेको थियो । समितिका एक सदस्यले जननिर्वाचित संसद्लाई सेनाले नटेर्नु गम्भीर विषय भएको बताए । सेनाले आफूहरूको निर्देशन पालना नगरेकै कारणले अनियमितताको आशंकालाई बल पुर्‍याएको बताए ।

यसअघि लोकान्तरले पुस १७ गते खराब ट्र्याक रेकर्ड भएको कम्पनीलाई फास्ट ट्र्याकको जिम्मा दिने तयारी गरेको समाचार प्रकाशित गरेको थियो । 

लेखा समितिले विदेशी कम्पनी सहभागी ठूला ठेक्‍काका लागि आवश्यक मापदण्ड र कार्यविधि जारी गरेर अवरोध हटाउन सार्वजनिक खरिद अनुमगन कार्यालयलाई पनि निर्देशन दिएको थियो । 

२०६६ सालमै शिलान्यास भएर अधिकांश स्थानमा ट्र्याक खोल्ने काम सम्पन्न भइसक्दा पनि काठमाडौं–तराईं फाष्ट ट्र्याकको निर्माणको कामले गति लिन सकेको छैन ।

नेपाली सेनाले ट्र्याक खोलेको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x