×

NMB BANK
NIC ASIA

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा आयोजित कार्यक्रम सम्पन्न, विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ । 

Muktinath Bank

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ मा का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सहभागिहरुले अहिलेको परिस्थितिमा डिजिटल रुपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। 

Vianet communication
Laxmi Bank

कार्यक्रममा विज्ञबाट कार्यपत्र प्रस्तुति र प्यानल डिस्कसन भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझाबका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए ।  
उनले अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने बताए ।  

‘अहिले दूरसञ्चारर क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘कोभिड विभिन्न चरणमा आउने छन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं । मानव सेवाका निम्ती एकजुट हौं ।’ 
त्यस्तै, कार्यक्रम आयोजकका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्धताको खाँचो रहेको बताए ।  

‘प्रतिवद्धता लिएर योजनावद्ध रुपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनु पर्छ ।’ 

नेपालमा डिजिटल रुपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै यसलाई सफल पार्न कानुनी रुपमा बाध्यकारी बनाउनु पर्ने विचार राखे । 

‘कानुनले बाध्यकारी नबनाउँदासम्म यसमा प्रफेक्ट हुन गाह्रो छ,’ अध्यक्ष खनालले भने, ‘बाध्यकारी बनाएर नीति लागु गर्नुपर्छ ।’

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेको प्रति सजग गराए ।  

‘कोभिडको बेलामा सबैभन्दा ठूलो कुरा सूचना प्रविधि रहेछ भन्ने महसुस भएको छ,’ उनले भने, ‘यो बेला अन्य कुनैपनि पूर्वाधारले काम नगरेको बेला सूचना प्रविधि पूर्वाधारले काम गर्दो रहेछ ।’

सबैभन्दा ठूलो भनेको सूचना तथा सूचना प्रविधिको पूर्वाधार हो भन्ने प्रमाणित भएको उनले बताए । 

यस्तो महत्वपूर्ण क्षेत्रलाई विकास गर्न सहर र ग्रामिण क्षेत्रबीचको ग्याप कम ल्याउनु पर्नेमा जोड दिए । यसले राज्यमा सुशासन कायम गर्न सहयोग गर्ने बताए ।  

कार्यक्रममा आईटीयूका महासचिव हौलिन जाओले पठाएको  सन्देश सुनाइएको थियो । 

कार्यक्रममा आइसिटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रुपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

भट्टराईले नेपालमा डिजिटल रुपान्तरणको लागि विभिन्न योजनाहरु बने पनि त्यसमा अझै स्पष्टता भइनसकेको बताए ।  त्यसलाई स्पष्ट पार्नु पर्ने बताए ।  

उनले सरकारले सहजकर्ता भूमिका खेल्नु पर्ने र निजी क्षेत्रलाई अगुवाको भूमिकामा राख्नु पर्ने विचार व्यक्त गर्नु भयो । यस क्षेत्रमा निजी क्षेत्र अगाडि बढ्न नसकेको बताए ।  

नीति नियम बनाउँदा अलि अध्ययन गरेर बनाउनु पर्ने र यसमा राजनीतिक प्रतिवद्धता पनि जायर हुनुपर्नेमा जोड दिए ।   

यसैगरी, ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा प्यानल डिस्कसनसमेत भएको थियो । 

प्यानल डिस्कसनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्र, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी र उद्योग वाणिज्य महासंघ, आइसिटी विकास समितिका सभापति मंगेशलाल श्रेष्ठको स्रोत व्यक्तिको रुपमा सहभागि भए।  

छलफलमा सहभागी हुदै अधिकारीले नेपालमा दूरसञ्चार क्षेत्रमा धेरै राम्रो काम भइरहेको र नयाँ नयाँ प्रविधिको परीक्षण भएको बताए । 

भण्डारीले राष्ट्रिय योजना आयोगले १५ औं योजनाले सूचना प्रविधि क्षेत्रलाई विशेष ध्यान दिएर अगाडि बढाएको बताए । सबै नागरिकमा सञ्चार पहुँच पुर्‍याउने, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्योग सञ्चालन गर्ने नीति लिएको बताए ।  

उनले दूरसञ्चार क्षेत्रको विकासको लागि ‘कनेक्टिभिटी’ सबैभन्दा ठूलो कुरो भएकोमा जोड दिए । कोभिडको कारणले संसारमा डिजिटल प्रविधिको आत्मसाथ २० देखि २५ प्रतिशत बढी भइरहेको तथ्यसमेत राखे । 

‘फाइनान्सियल’ सेवाका रुपमा अगाडि बढ्न पेमेन्ट सेवा पनि सुरु गर्न लागेको जानकारी गराए । यो विषयमा परिस्थितिले सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने जोड दिएको बताए ।  

त्यस्तै, प्राधिकरणबाट अर्यालले मुलुकको दूरसञ्चार विकासमा विभिन्न तरिकाबाट काम भइरहेको भन्दै अहिलेको स्तरमा अझ सुधार गर्न आवश्यक रहेको बताए ।  

एक दशकमा नेपालमा दूरसञ्चार क्षेत्रमा ठूलो फट्को मारेको उदाहरण दिदै यसमा अझ सुधार गर्न विभिन्न योजना अगाडि बढेको बताए ।  

त्यस्तै, मंगेशलाल श्रेष्ठले मुलुकमा डिजिटल इकोनोमी हुनुपर्ने भन्दै निजी क्षेत्र र सरकारी सँगसँगै कसरी जान सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए । 

त्यस्तै, मिश्रले नेपालमा आर्थिक डिजिटलमा भइरहेका काम बारे विस्तृत रुपमा प्रस्तुत गरेका थिए । उनले उपभोक्तालाई सस्तो, सुलभ र सजिलो प्रविधि प्रयोग गर्न कसरी सकिन्छ भन्ने महत्वपूर्ण रहेको बताए ।  

‘हामी पूर्ण डिजिटाइज तिर जान्छौं,’ उनले भने, ‘तर यसको लागि विभिन्न तहगत रुपमा विकास हुदै जानेछ ।’ त्यस्तै मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले टेक्नोलोजीलाई प्राथमिकता दिनु पर्ने बताए ।  

सरकारले दिइरहेको डिजिटल सेवालाई एउटै प्लेटफर्ममा एकीकृत रुपमा ल्याउनु पर्ने बताए ।  उपभोक्तासम्म कसरी डिजिटल एप्लिकेसन पुर्याउन सकिन्छ, मूल्य घटाउने र सेवा वृद्धि गर्ने कसरी गर्न सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए ।  

कार्यक्रमा सहभागी हुदै नेपाल इन्टरनेट व्यवसायी संघका तर्फबाट सुधीर पराजुलीले दूरसञ्चार क्षेत्रको विकासको लागि लागत मूल्य घटाउनु पर्ने बताए ।  नेपालमा अहिले पनि इन्टरनेटमा ४६ प्रतिशतभन्दा धेरै कर लागिरहेको भन्दै जसरी लागत कम गर्न सकिन्छ त्यसैअनुसार सेवा सस्तो बनाउन सकिने बताए । 

सन् २००६ देखि हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूर संचार र सूचना समाज दिवस मनाउने गरिन्छ ।

यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाईदै छ ।

नेपाल सन् १९५७ डिसेम्बरमा आइटियुको सदस्य राष्ट्र भएको थियो ।

सूचना प्रविधिको प्रयोगलाई अधिकतम जोड दिदै ग्रामिण क्षेत्रसम्म डिजिटल कनेक्टिभिटी तथा फाउण्डेशनको विकास गर्दै डिजिटल डिभाइड कम गर्दै लानु यस दिवसको उदेश्य रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा २ सय ५० बढिको उपस्थिती रहेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x