×

NMB BANK
NIC ASIA

रेशम चौधरीका बा भन्छन्– 'प्रधानमन्त्रीज्यू, मेरो छोरो बिरामी छ, धेरै दु:ख नदिनुहोस्'

जेठ १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रेशम चौधरीको नाम फेरि एकपटक चर्चामा छ । विगतमा उनी देषी हुन् कि होइनन् भन्ने विषयले चर्चा पायो । अहिले माफी दिन हुने कि नहुने भन्ने विषयमा वादविवाद चल्दैछ।

Muktinath Bank

मधेश आन्दोलनयता बाग्मतीमा धेरै पानी बग्यो । राजनीतिमा धेरै उतारचढाव आयो। तर चौधरी भने डिल्लीबजार कारागारमा सत्ताको बार्गेनिङको अस्त्र बनेर थुनिएका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि लोकतान्त्रिक राज्यमा यस्तो हुनु नपर्ने हो। न्यायको सिद्धान्त सबैलाई समान रूपमा लाग्नु पर्ने हो।


Advertisment
Nabil box
Kumari

आन्दोलनका क्रममा अप्रत्याशित रूपमा घटेको घटनाको मुद्दा नेपालमा हुने गरेका अन्य आन्दोलन र घटनाक्रम जस्तै राजनीतिक मुद्दा हुनुपर्ने थियो, तर भनियो फौजदारी अपराध ।

Vianet communication
Laxmi Bank

जेहोस्, पछिल्ला दिनहरूमा जसपा र सत्ता पक्षको हिमचिम निकै बाक्लो छ । प्रधानमन्त्री ओलीका लागि जसपा प्राणवायु बनेर सतिसाल झैँ खडा छ । चौधरी जसपाकै सांसद हुन् ।

जसपा भित्रको पूर्व राजपा समूहलाई फकाएर प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार बचाउने प्रयत्न जारी राखेका छन्। सम्भवत: उनी यही गठबन्धनलाई टिकाएर निर्वाचनमा जान चाहेका छन् । 

विगतमा चौधरीको सन्दर्भमा राज्य पक्षको जे जस्तो सोच देखिएपनि अहिले परिस्थिति “फेलेक्जिबल” भएको छ । यो निकै सकरात्मक पक्ष हो ।

जसपाकै माग अनुरूप हाल मधेश आन्दोलनका क्रममा लगाइएका कैयौंं मुद्दा फिर्ता भैसकेका छन् । नागरिता विधेयक जारी भैसकेको छ।

जसपाको अर्को प्रमुख माग रेशम चौधरीको रिहाइ अब सम्बोधन हुने क्रममा छ ।

रेशम  चौधरीले फरार रहेका बेला संसदको निर्वाचनमा भाग लिएर जितेका थिए।

उनले थुनामा रहेकै अवस्थामा सांसदको शपथ पनि लिए । पछि अदालतले उनलाई दोषी ठहर गर्‍यो र अहिले उनी सांसद पदबाट निलम्बित छन्।

पुनरावेदन, साधक जाँच वा पुनरवलोकनको रोहमा वा मुद्दा दोहोर्‍याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन नसकिने भन्दै उनको रिहाइ गर्न यस अगाडिका सरकारहरूले आनाकानी गरिरहेका दिए ।

पछिल्लो समय  सरकार र थारु कल्याणकारिणी सभाबीच भएको ६ बुँदे सहमति पत्रमा टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने सहमति भएको छ ।

यो सहमतिसँगै कैलालीमा रहेका चौधरीका बुवा लालवीरले 'छोरा निर्दाेष थियो, खै किन हो अहिलेसम्म जेलमा राखेका छन् । अबचाहिँ रिहा हुने आशा पलाएको छ,' भन्ने प्रतिक्रिया दिएका छन् । 

उनले आफ्नो छोरो बिरामी रहेकाले धेरै दु:ख नदिन पनि अपिल गरेका छन् ।

चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । पछि उनले उक्त फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।

यस्तो अवस्थामा उनलाई जेलमुक्त गर्ने अर्को उपाय भनेको सजाय माफी हो ।

आन्दोलनकारी र प्रहरीको बीचमा झडप हुँदा निषेधाज्ञा तोड्न भाला, बञ्चरो र खुकुरीसहित आएका आन्दोलनकारीले प्रहरीलाई घेरा हालेका थिए ।

त्यसक्रममा भीड अनियन्त्रित हुन गई  झडपमा एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टर केशव बोहरासहित सात सुरक्षाकर्मीको मृत्यु भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x