×

NMB BANK
NIC ASIA

परिवर्तनको चाहना

इजरायलमा बन्यो नेतान्याहुविरोधी गठबन्धन, बन्ला नयाँ सरकार ?

जेठ २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलमा १२ वर्षसम्म शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताच्युत गर्नका लागि विपक्षी दलहरूबीच गठबन्धन बनेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपति रेउभन रिभलिनले बुधवार मध्यरातसम्मका लागि गठबन्धन सरकारको दाबी प्रस्तुत गर्न दिएको समयसीमा सकिनै लाग्दा विपक्षीहरू गठबन्धनका लागि सहमत भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायलको संसद्लाई नेसेट भनिन्छ र त्यसमा कुल १२० सीट छन् । नेतान्याहुको लिकुड पार्टी ३० सीटका साथ सबभन्दा ठूलो दल हो । त्यसपछि येश आतिद पार्टीको १७ सीट छ । यामिनाको सात, मेरेत्जको ६ र राआमको चार सीट छ । यसबाहेक अन्य आठवटा दल छन् । 


Advertisment
Nabil box
Kumari

एक महिनाअघि मे ५ मा राष्ट्रपति रिभलिनले याइर लापिदलाई गठबन्धन बनाउन आदेश दिएका थिए किनकि नेतान्याहुले सरकार बनाउन गठबन्धन सहयोगी जुटाउन सकेका थिएनन् । 

Vianet communication
Laxmi Bank

त्यसपछि इजरायल हमासविरुद्ध ११ दिनको हिंसात्मक संघर्षमा होमियो । हमासले लगभग ४५ सयवटा रकेट इजरयालतर्फ प्रहार गरेको थियो भने इजरायलले प्रहार गरेका क्षेप्यास्त्रले २०० भन्दा बढी प्यालेस्टाइनीको ज्यान लिएका थिए र कैयौं आवासीय भवन ध्वस्त पारेको थिए । हिंसामा परी १२ जना इजरायलीले ज्यान गुमाए भने शारीरिक र मानसिक क्षति भोग्नेहरू पनि थुप्रै भए । 
 

उग्रदक्षिणपन्थी तथा धार्मिक समूहलाई आकर्षित गर्न सकिन्छ कि भनी नेतान्याहुले हमासविरुद्धको युद्ध चर्काइरहन खोजेका थिए । तर अमेरिका सहित विभिन्न मुलुकको दबाब परेपछि उनी युद्धविरामका लागि सहमत भए ।

उनको यस कदमलाई उग्रदक्षिणपन्थी तथा धार्मिक अतिवादी दलहरूले मन पराएनन् ।

बुधवार राति लापिदको संयोजनमा परिवर्तनकारी सरकार बनाउने घोषणा गरिएको छ । त्यसअन्तर्गत उग्रदक्षिणपन्थी दल यामिनाका नेता नफ्ताली बेनेट प्रधानमन्त्री बन्नेछन् । 

गठबन्धनको सबभन्दा ठूलो दलका नेता भएको नाताले लापिदले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरे तर संसदमा विश्वासको मत हासिल गर्ने चुनौती बाँकी नै छ । लापिदले अहिले नफ्ताली बेनेटलाई प्रधानमन्त्री पदका लागि अघि सारेका छन् र आफू परराष्ट्रमन्त्री बन्ने भनेका छन् । दुई वर्षपछि उनीहरूले पद साटासाट गर्नेछन् ।

संसदमा बेनेटले विश्वासको मत हासिल गर्न सके भने जम्मा सात सीट ल्याउने दलका तर्फबाट प्रधानमन्त्री बन्ने उनी इजरायलका पहिलो नेता हुनेछन् । 

विगत दुई वर्षमा चारपटक आमनिर्वाचन भएर चरम अस्थिरतामा फसेको इजरायलमा जनताले नयाँ सरकार बनेको हेर्न चाहेका छन् । पाँचौंपटक आमनिर्वाचनमा जाने इच्छा उनीहरूमा छैन । 

तर नयाँ गठबन्धन सरकारमा बिल्कुलै फरक ध्रुवका मानिसहरू रहेकाले यो लामो समय टिक्ला भन्ने कुनै ग्यारेन्टी छैन । बेनेट उग्रदक्षिणपन्थी हुन् भने लापिद मध्यमार्गी उदारवादी हुन् । उनीहरूसँगै राआम अर्थात् युनाइटेड

अरब लिस्ट नामक अरबीहरूको पार्टी र मेरेत्ज नामक अर्को सानो दल पनि छ । 

यस्तो फरक विचारधारा भएका दलहरू गठबन्धन सरकार बनाउन तयार हुनुमा एउटै तत्त्वले काम गरेको छ । त्यो हो, यी सबै नेतान्याहुलाई जसरी भए पनि सत्ताबाट हटाउन चाहन्छन् । तर जम्मा त्यत्ति कुराले गठबन्धन लामो समय टिकाइराख्ने कुनै ग्यारेन्टी छैन । 

इटलीमा उग्रदक्षिणपन्थी दल लिगा र लोकरञ्जनवादी पार्टी फाइभ स्टार मुभमेन्टबीचको गठबन्धन लामो समय नटिके जस्तो इजरायलमा नयाँ गठबन्धन पनि लामो समय जाला भन्ने प्रत्याभूति गर्न सकिन्न । 

त्यसमाथि नेतान्याहु सत्ताका चतुर खेलाडी हुन् । नेपालका केपी शर्मा ओली जस्तै उनी सत्तामा रहिरहनका लागि जस्तोसुकै कदम पनि चाल्छन् । आलोचकहरूले उनको धेरैपटक राजनीति सकियो भनी लेखेका भए पनि उनी कसोकसो गरी यति लामो समय सत्तामा रहन सफल भएका छन् । 

तर यसपालि भने नेतान्याहुलाई जनताले नै शायद सत्तामा देख्न चाहेका छैनन् । त्यसैले नेतान्याहुविरोधी दलहरूलाई जनताले भोट दिएका हुन् । 

नयाँ गठबन्धनले इजरायलमा आमूल परिवर्तन ल्याउने अवसर पाएको छ । दक्षिणपन्थी, वामपन्थी, धार्मिक, धर्मनिरपेक्षतावादी, यहुदी र अरब सबै किसिमका मानिस मिलेर बनेको गठबन्धन सरकारले विभिन्न समुदायबीच रहेको अविश्वास र शत्रुता घटाउन प्रयास गर्नुपर्ने चुनौती छ । अनि देशलाई स्थिरताको बाटोमा लग्नुपर्ने जिम्मेवारी पनि छ । 

तर त्यसका लागि यी विपरीत ध्रुवका दलहरूले आआफ्नो विचारधारालाई एकछिन थाती राखी साझा सहमतिको बाटो पहिल्याउनुपर्ने हुन्छ । 

गठबन्धन बनाउनका लागि भएका वार्तामा ससाना कुरामा पनि घम्साघम्सी गरेको देख्दा चाहिँ गठबन्धन सरकारले सहजै काम गर्ने अवस्था देखिँदैन । 

तर उनीहरूले अहिल्यै इजरायल र प्यालेस्टाइनबीचको विवाद समाधान गर्ने जस्तो ठूलो लक्ष्य लिने भन्दा पनि इजरायललाई स्थिर बनाउने र जनताले महसूस गर्ने गरी जनमुखी शासन चलाउने कुरामा जोड दिनुपर्ने देखिन्छ । लामो समयदेखि इजरायली समाजमा राजनीतिक ध्रुवीकरण भएकाले समाज समेत विभाजित मनस्थितिमा छ । 

त्यसमाथि दुई वर्षको चरम राजनीतिक अस्थिरता तथा तरलताको स्थिति अनि कोभिड महामारीले अर्थतन्त्रमा गरेको आघातका कारण इजरायली समाज असहज स्थितिमा छ । यसलाई सामान्यीकरण गर्ने चुनौतीलाई नयाँ गठबन्धनले कत्तिको सुव्यवस्थापन गर्न सक्छ भन्ने कुराले इजरायलको भविष्य निर्धारण गर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x