मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सर्लाहीको हरिवन नगरपालिका–८ चापिनीका ३९ वर्षीय रामशरण उप्रेतीले २० वर्षदेखि देखिरहेको सपना अन्ततः साकार पार्न सफल भएका छन् । २०७८ जेठ ९ गते संसारकै सबैभन्दा ठूलो हिमाल सगरमाथाको टुप्पोमा पुगेर नेपालको झण्डा फहर्याउन सफल भएका छन् उनी ।
पर्यटन व्यवसायी समेत रहेका उप्रेतीले काठमाडौंमा ट्रेकिङ कम्पनी सञ्चालन गर्दै आएका छन् । सन् २००१ बाट ट्रेकिङ व्यवसाय सञ्चालन गरेका उनले सन् २००३ मा ट्रेकिङकै सिलसिलामा पदयात्राबाट एभरेस्ट बेस क्याम्प पुग्न पाएका थिए । त्यसक्रममा कालापत्थर डाँडासम्म पुग्दा उनले सगरमाथाको टुप्पो पहिलो पटक देखेका थिए ।
सगरमाथाको टुप्पो देखेपछि कुनै न कुनै दिन त्यो टुप्पोमा पुग्नुपर्छ भनेर उनले मनमा संकल्प गरे । ‘सगरमाथा चढ्नका लागि धेरै मोटो रकम आवश्यक पर्छ र शारीरिक रूपमा पनि फिट हुनुपर्छ,’ उप्रेतीले भने, ‘त्यो दुवै कुराको अभाव भएका कारण त्यो सपना २० वर्षदेखि सपना नै थियो ।’ तर सगरमाथाको टुप्पोमा कुनै न कुनै दिन जसरी पनि पुग्नैपर्छ भन्ने सपना उनको मनमा रहेको थियो ।
गत वर्षदेखि कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटन व्यवसाय राम्रो तरिकाले चलेको थिएन । काम पनि नभएका कारण फुर्सदिलो समयको सदुपयोग गर्नुपर्छ भनेर उनले यस पटक सगरमाथा आरोहणको प्रयास गर्नुपर्छ भन्ने निधो गरे । यस वर्ष आरोहण असफल हुन खालका थुप्रै चुनौती आए, प्रमुख कारण मौसम थियो ।
‘यस पटकको आरोहणको यात्राका क्रममा त लास्टै गाह्रो थियो, मौसम बिग्रेर सबै खत्तम भएको थियो,’ उनले भने, ‘११ मेका दिन बहराइनका राजकुमारले चढेको दिन मात्र मौसम राम्रो थियो, त्यसबाहेक त कुनै दिन पनि मौसमले साथ दिएन ।’
उनले भने, ‘एउटा प्वाइन्टमा पुग्यो कि हावा यति चल्ने कि अगाडिको प्वाइन्टसम्म जानै नपाउने । तेस्रो पटकको प्रयासमा ८ हजार मिटरको उचाइमा रहेको तेस्रो क्याम्प साउथ पोलमा पुग्न सफल भएँ ।’
उप्रेतीको १ रात त्यहीँ बस्ने योजना थियो तर २ रात बस्नुपर्यो । ‘त्यहाँ त म र मेरो गाइड शेर्पा दाइलाई झण्डै हावाले उडायो भन्नेसम्म भएको थियो,’ उनले थपे, ‘१ रात बसेको तर हावा कम नभएपछि दोस्रो रात पनि त्यही बिताउनुपर्यो ।’
तेस्रो राति ९ बजे हावाको बेग अलि कम हुँदा उक्लिने कोसिस गरिएको र ८ हजार मिटर उचाइभन्दा २०० मिटर माथि उक्लिएपछि हावा पूर्ण रूपमा शून्य भएको अनुभूति उप्रेतीले महसूस गरे ।
२२ मेको राति १० बजे उनी सगरमाथाको ८ हजार २०० मिटर उचाइमा पुगिसकेका थिए । मौसम पनि सफा थियो । यतिसम्म पुगेपछि अब जसरी पनि एभरेस्टको टुप्पोमा पुग्नुपर्छ भन्ने उनलाई लाग्यो, किनभने त्यही दिन अन्य आरोहीले समिट गरेका थिए । त्यसपछि उनले आफ्नो यात्रालाई अगाडि बढाए ।
सगरमाथाको ८ हजार ४०० देखि ८ हजार ५०० मिटरको उचाइमा रहेको बालकुनीमा पुग्दा उनलाई अर्कै संसारमा आइपुगे जस्तो लाग्यो । ‘सगरमाथाको टुप्पोमा समिट गर्ने स्थानभन्दा पनि बालकुनीमा पुग्दा स्वर्गमा पुगेको जस्तो अनुभव भयो,’ उनले भने, ‘डाँडा, पाखा, पाखुरा, सेतो हिमाल, टाकुरै टाकुरा, पृथ्वीको पल्लो कुना देखिएको जस्तो, आधा पृथ्वी त्यहाँबाट देखिने जस्तो दृश्य देखेपछि स्वर्गमा पुगे जस्तो अनुभूति भयो ।’
तराईको मानिस भएका कारण पनि त्यो अनौठो दृश्य देख्ने सौभाग्य पाउँदा अति नै रोमाञ्चित क्षण भएको र त्यसलाई कहिल्यै नबिर्सिने उनले बताए । ‘बिहान ३ बजेको समयमा सूर्यको किरण आकाशतिर गएको देखिने । घाम उदाएपछि हामी कहाँ आउन २–३ घण्टा लाग्ने । करीब डेढदेखि दुई घण्टाको त्यो हरेक पल असाध्य राम्रो,’ अनुभूति सुनाउँदै उनले भने, ‘बालकुनीबाट एभरेस्टको टुप्पोसम्म पुग्दाको अनुभव त अझै महत्त्वपूर्ण भएर निक्लियो ।’
बिहान साढे ५ बजेको समयमा सगरमाथाको टुप्पोमा पुगेर नेपालको झण्डा फहराउन सफल भए उनी । टुप्पामा पुग्दा टलक्क घाम लागेको थियो । ‘सगरमाथाको छायाँ काठमाडौंसम्म आइपुगेको जस्तो मैले अनुभव गरें,’ उनले भने, ‘घाम अलि पर जाँदै गर्दा काठमाडौंसम्म झ्याप्पै छोपेको जस्तो ।’
‘टुप्पोमा पुगेपछि अलिअलि हावा लाग्यो । मैले फोटो खिच्न सकिनँ, मेरो गाइडले २–३ वटा फोटो मात्र खिच्न भ्याउनुभयो,’ उनले भने, ‘हातको पञ्जा निकालेपछि हात हिउँले खाने, तराईको मान्छे त्यो चिसो खप्न नै नसकिने ।’
कतिपय आरोही सगरमाथाको टुप्पोमा पुगेर पनि मर्ने गर्छन् । उनले आरोहण गर्ने बेला विभिन्न ठाउँमा मृत मानिसका शव देखेका थिए । ‘शव देखेपछि मुटुमा चसक्क हुने, म पनि पुग्न सक्दिनँ, यसैगरी मर्छु भन्ने कुराले मुटुमा चसक्क हुन्थ्यो,’ उनले भने, ‘टुप्पोमा पुगेपछि त्यहाँ पनि मैले २ वटा मानिसको शव देखेपछि त झन डर लागेको थियो ।’
सगरमाथाको ८ हजार ७०० मिटरमाथि उनले बाटोमा शव देखेका थिए । ‘हिउँका कारण २–३ वर्ष पुरानो शव पनि फ्रेस शव जस्तो, सुतेर बसेको जस्तो लाग्ने । केही मानिस त समिटमा पुगेर फर्किने बेला समेत चिप्लिएर मर्ने गरेका रहेछन्,’ उनले भने, ‘चढ्ने बेलाभन्दा पनि फर्किने बेला पाइला अड्याउनै गाह्रो हुने । पाइला–पाइलामा सावधानी अपनाउनुपर्ने रहेछ ।’
जाने बेलाभन्दा फर्किने बेला बढी खतरा हुने गरेको उनले बताए । ‘फर्किने बेला त जाने बेलाको जोश सबै खत्तम हुने रहेछ, ठाडो भीरमा डोरीको भरमा आउनुपर्छ, अलिकति पनि सावधानी हट्यो कि चिप्लिएर मर्ने खतरा हुन्छ,’ उनले भने, ‘पहिलो दिन ६ हजार ५०० मिटर उचाइमा रहेको क्याम्प–२ मा आएर बसें ।’
क्याम्प–२ बाट तल खुम्बू आइस–फल धेरै खतरनाक रहेको उनले बताए । ‘लोवर अल्टिच्युड भएको ठाउँ भएकाले त्यहाँ मानिसको शरीरमा अक्सिजनको माग बढ़्छ,’ उनले भने, ‘कतिपय मानिस त्यहाँ पुगेर मर्ने गर्छन् ।’
उनी २०७८ वैशाख १ गते काठमाडौंबाट हिँडेका थिए । हिमालको मौसममा अभ्यस्त हुनका लागि १ हप्ता बेस क्याम्पमा बसेका थिए । त्यसपछि क्याम्प १, क्याम्प २ सम्म जाने र फर्किने अभ्यास गाइडले गराए । ‘यसरी फर्स्ट र सेकेन्ड रोटेसन भएपछि मात्र समिट पुसको लागि तयार हुन्छ,’ उनले भने, ‘खराब मौसम र हावाको चापका कारण ३ पटक क्याम्प ३ सम्म पुगेर फेरि क्याम्प २ मा झर्नुपरेको थियो ।’
क्याम्प ३ मा उनी पुगेकै दिन क्याम्प ४ मा पुगेका २ जना व्यक्तिको मृत्यु भएको खबर उनी कहाँ आउँदा अब सगरमाथा आरोहणको सपना फेरि पूरा नहुने जस्तो भएको उनले बताए । तर शेर्पा दाइले दिएको हिम्मतका कारण जान सफल भएको उनी बताउँछन् ।
यसपटक आरोहण गर्दा कूल २५ लाख रुपैयाँ खर्च भएको उनले बताए । २ वर्षअघि पनि उनले सगरमाथा आरोहणका लागि प्रयास गरेका थिए । त्यसबेला पनि उनको ३२ लाख रुपैयाँ खर्च भएको थियो । तर सगरमाथाको टुप्पोमा पुग्ने सपना साकार हुन सकेको थिएन ।
क्याम्प–४, साउथ कोलसम्म पुगेर खराब मौसम र शरीरले समेत साथ नदिएपछि उनी फर्किनुपरेको थियो । चिसोबाट जोगिनका लागि तलदेखि माथिसम्मको बाक्लो लुगा १ लाख रुपैयाँ जति पर्ने डाउन शूट किन्नुपर्छ । ८० हजार रुपैयाँको जुत्ता नै किन्नुपर्छ । विभिन्न सामग्रीमा मात्रै ७ लाख रुपैयाँ जति खर्च हुन्छ ।
‘गाइड, खानेबस्ने लगायतमा गरेर ३२ देखि ३४ लाख रुपैयाँसम्म खर्च हुने गर्छ,’ उनले भने, ‘७ लाख रुपैयाँ जतिको सामग्री मैले २ वर्षअघि नै किनेको हुँदा यस वर्ष २५ लाख रुपैयाँ मात्र खर्च भयो ।’
हिमाल आरोहण रातिको समयमा हुन्छ, दिनमा हिउँ पग्लिने, हावाको चाप पनि बढी हुने गर्दा दिनमा कोही पनि आरोहण गर्दैनन् । ‘दिनमा आरोहण गर्ने हो भने मृत्यु निश्चित छ, त्यसैले सबैले रातिको समयमा मात्र आरोहण गर्ने गर्छन्,’ उनले भने, ‘जाँदा पाल बोकेर जानुपर्ने हुन्छ, पानी तताएर खानका लागि स–साना ग्यासको डल्ला बोकेर लगिएको हुन्छ ।’
प्लास्टिकमा बन्द गरिएका खाना खाने र भात वा अन्य खाने कुरा खान नमिल्ने उनले बताए । ‘जाने बेलामा खाना खाने कुरा कसैको ध्यानमा पनि हुँदैन,’ उनले भने, ‘हल्काफुल्का प्याक भएको खाना खाएर न्वारनको बल लगाएर जानुपर्ने हुन्छ ।’
आफ्नो शरीरमा भएको बल लगाएर नै त्यहाँसम्म पुग्न सकिने उनले अनुभव सुनाए । ५ हजार ३६५ मिटर उचाइमा रहेको बेस क्याम्पदेखि ८ हजार ८४८.८६ मिटर टुप्पोसम्म पुग्न ३ देखि ४ दिनसम्म लाग्ने गरेको उनले बताए ।
तराईमा जन्मिएको मान्छे सगरमाथाको टुप्पोमा चढ्न पाउँदा आफ्नो जीवनको ठूलो सपना साकार भएको उनी बताउँछन् । अहिले काठमाडौं फर्किसकेका उनले भने, ‘सगरमाथा चढेको खुशीलाई मैले शब्दमा बयान गर्न सक्दिनँ ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...