×

NMB BANK
NIC ASIA

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

जेठ २५, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

विक्रम संवत् २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ ।

Muktinath Bank

सुशील कोइराला मेमोरियल फाउन्डेशनले जूम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारीः नेपाली चलचित्र’ क्षेत्र विषयक छलफल कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सन् २००८ देखि डिजिटल प्रविधिमा गएपछि चलचित्र उद्योग राम्रो चल्न थालेकामा भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता कारणले धरासायी अवस्थामा पुगेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पपछि गति लिँदै गएको चलचित्र उद्योगमा कोरोनाका कारण १ वर्षमा १ अर्बभन्दा बढी घाटा लागेको उनको भनाइ थियो । चलचित्र उद्योगमा कार्यरत हजारौं मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ ।


Advertisment
Nabil box
Kumari

बन्दाबन्दीअघि तयार भएका धेरै चलचित्र भए पनि प्रदर्शन हुन पाएका छैनन् । आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउन समेत माग गरिएको छ ।

Vianet communication
Laxmi Bank

चलचित्र क्षेत्र पुनरुत्थान हुने कार्यक्रम बजेटमार्फत आउनुपर्ने निर्माताहरूको माग छ । नेपाल आफैंमा फिल्मसिटी भए पनि एउटा स्टुडियो आवश्यक रहेको उनको भनाइ छ ।

मोसन पिक्चर्स एशोसिएशनका अध्यक्ष मधुसुदन प्रधानले ऐतिहासिक पुरुष, संस्कृतिका विषयमा चलचित्र बनाउन अनुसन्धानात्मक कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए । नेपालका जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाका विषयमा चलचित्र निर्माण शुरू भए पनि पूरा नभएको, वीर गणेशमान चलचित्रमा गणेशमान सिंहलाई न्याय नभएको उनको भनाइ थियो ।

हाल अमेरिकामा रहेका निर्देशक एवं लेखक अनिश कोइरालाले चलचित्र बनाउन धेरै दस्तावेज जुटाएर अनुसन्धान गरेर अघि बढेमात्र सफल हुने गरेको सुनाए । कार्यक्रममा चलचित्र निर्देशक महासंघका अध्यक्ष रक्षासिंह राणा, समालोचक सामीप्य तिमल्सिना लगायतले महिलालाई चलचित्रमा टिक्न अप्ठ्यारो हुने गरेको भन्दै कोरोना महामारी पलायन हुन लागेको बताए ।

फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले नेपाललाई चिनाउन सक्ने चलचित्र बनाइनुपर्नेमा जोड दिँदै बीपी, पुष्पलाल, सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेजस्ता ऐतिहासिक व्यक्तित्वका विषयमा चलचित्र बनाउन आवश्यकता रहेकामा जोड दिए । कोरोनाअघि देशभर करीब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको निर्माताहरूको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x