युरोपीयन सुपर लीगको कुरा झिक्ने सबै ६ इंग्लिस क्लबलाई लगाइयो जरिवाना

युरोपीयन सुपर लीग बनाउनका लागि कोशिश गर्ने ६ वटा इंग्लिश क्लबहरूलाई सबै गरेर दुई करोड पाउन्डको जरिवाना लगाइएको छ । 

म्यानचेस्टर युनाइटेड, चेल्सी, लिभरपूल, आर्सनल, म्यानचेस्टर सिटी र टोटनहमले जरिवाना तिर्नुपर्ने भएको हो । 


Advertisement

उनीहरू प्रत्येकको भागमा ३३ लाख पाउन्ड जरिवाना परेको छ । 

यी ६ क्लबले यस्तै किसिमको काम भविष्यमा पनि गरेमा उनीहरू प्रत्येकलाई दुई करोड पाउन्ड जरिवाना लगाउने र ३० अंक काटिने पनि बताइएको छ । 
 

युरोपीयन सुपर लीग गत अप्रिल महिनामा प्रस्ताव गरिएको थियो । युरोपका सर्वोत्कृष्ट क्लबले त्यसमा भाग लिने कुरा थियो । तर प्रशंसकहरूको चर्को विरोधपछि क्लबहरू त्यसबाट पछि हट्न बाध्य भएका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्