×

NMB BANK
NIC ASIA

नेप्से ३ हजार विन्दुमा पुगेर अन्तिममा दोहोरो अंकले घट्यो

जेठ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

३ हजार विन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अंकले घटेको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवारको शुरूआती कारोबारमा नेप्सेले ३ हजार विन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनः बजार सम्हालिएर १३.५६ विन्दुले नेप्से घटी २ हजार ९४६.५८ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ विन्दुले घटेर ५२५.२८ मा झरेको छ ।


Advertisment
Nabil box
Kumari

कूल २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

Vianet communication
Laxmi Bank

बुधवारको कारोबारपछि बजार पूँजीकरणमा सामान्य गिरावट आएको छ । नेप्सेका अनुसार बुधवारको बजार पूँजीकरण ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबर रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधवार ६ उपसमूहको शेयर उकालो लागेको छ भने ७ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ७८.९३, वित्त ४७.३८, निर्जीवन बीमा ३९, उत्पादन २३७.४६, जीवन बीमा २९.१२ र सामूहिक लगानी कोष ०.०३ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा बुधवार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८७ करोड ९४ लाख ९० हजार १०७ बराबरको कारोबार भयो । पुनरबीमा कम्पनी ६१ करोड ८० लाख ३८ हजार ३९३, नेपाल इन्स्योरेन्स कम्पनी ५१ करोड ६ लाख ७१ हजार १५२, लुम्बिनी विकास बैंक ४८ करोड २८ लाख ९८ हजार २१९ र युनाइटेड मोदी ४७ करोड १४ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेपाल इन्स्योरेन्स र युनाइटेड मोदीका लगानीकर्ताले समान ९.९५ प्रतिशतले कमाउँदा रिडी हाइड्रोपावर ९.९२, अरुण भ्याली हाइड्रोपावर ९.८६ र सीईडीबी हाइड्रोपावरका शेयर धनीले ९.८६ प्रतिशतले आर्जन गरे ।

युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८८, महालक्ष्मी विकास बैंक ६.३७, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६.१५, मितेरी डेभलपमेन्ट बैंक ५.९७ र गरिमा विकास बैंकका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x