×

NMB BANK
NIC ASIA

सर्वाेच्च सुनुवाइ

प्रतिनिधिसभा विघटनमा सर्वाेच्चले छिट्टै फैसला दिने, ढिलाइ नगर्न समय र संख्या निर्धारण

जेठ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा असार ९ गतेदेखि शुरू हुने बहसलाई व्यवस्थित बनाउन कानून व्यवसायीको लागि समयसीमा निर्धारण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सहितको इजलासले बुधवार गरेको आदेशमा इजलास व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ ।
 
बुधवार गरिएको आदेश अनुसार रिट निवेदक तर्फका कानून व्यवसायीका लागि शुरू बहसका सन्दर्भमा १२ घण्टा (कार्यसमय) र प्रत्यर्थीहरूको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कूल ३ घण्टा समय गरी १५ घण्टा बहसका लागि समय निर्धारण गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको सहयोगीको रूपमा उपस्थित हुने कानून व्यवसायीका लागि जनही आधा घण्टाको दरले ४ जनाको लागि कूल २ घण्टा मात्र बहसको लागि समय प्रदान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कानून व्यवसायीको संख्या, बहस गर्ने बुँदा यकिन गरी समय सीमाभित्र कानून व्यवसायीहरूले आपसमा समय विभाजन गरी बहस व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
 
सरकारी वकिल र कानून व्यवसायीबीच सहमति काम हुन नसके अदालतले सीमा विभाजन गर्नेछ । अदालतले समय विभाजन गर्दा सरकारी वकिलका लागि कूल ७ घण्टा ३० मिनेट र प्रत्यर्थीका वकिलको लागि कूल ७ घण्टा ३० मिनेट समय प्रदान गरिने आदेशमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्त्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडै किनारा लगाउनुपर्ने हुँदा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ ।

अदालतको सहयोगीको लागि (एमिकस क्यूरी) को रूपमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतबाट २/२ जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराइदिन आदेश गरिएको छ । अदालतका सहयोगी लगायत निवेदक तथा विपक्षी तर्फका कानून व्यवसायीलाई सर्वोच्च अदालत इजलास सञ्चालन नियमावली २०७२ को नियम २१ को उपनियम ७ बमोजिम असार १० गतेभित्रमा लिखित बहस नोट पेश गर्न समेत आदेश गरिएको छ ।

बहसका लागि रिट निवेदक मध्येमा एक पटकमा इजलासमा बढीमा ५ जनासम्म, निवेदकका तर्फबाट कानून व्यवसायीहरू एक पटकमा बढीमा ३ जना, महान्यायाधिवक्ताको कार्यालयबाट खाटिने सरकारी वकिलमध्ये बढीमा १ पटकमा ३ जना मात्र बस्न पाउने आदेश गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x