नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

साविक विजेता स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराएर नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।


Advertisement

विश्व नम्बर तीन समेत रहेका नाडालले स्वार्ट्जम्यानलाई ६-३,४-६, ६-४ र ६-० ले पराजित गरे ।

१३ पटकको च्याम्पियन नाडालले सेमिफाइनलमा नोभाक जोकोभिच र माटियो बेरेट्टीनीबीचको विजेतासँग खेल्नेछन् ।

३५ वर्षीय नाडाल १४ औं पटक सेमिफाइनलमा पुगेका हुन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्