×

NMB BANK
NIC ASIA

कर्मचारीले सेवाग्राहीको फाइल घुमाउन पाउँदैन, कारबाही हुन्छ : नवनियुक्त गृहमन्त्री

जेठ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह मन्त्रालयलाई २४ घण्टै खुला राख्न निर्देशन दिएका छन् ।

Muktinath Bank

बिहीवार शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पदभार सम्हाल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई २४ घण्टै खुला राख्न कर्मचारीलाई निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पदको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई कर्मचारीहरूले फूलको माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मन्त्री अधिकारीले गृह मन्त्रालयमा आएको काम १ दिनमै कार्यसम्पादन गर्न समेत निर्देशन दिए । कर्मचारीले सेवाग्राहीको फाइल घुमाएमा कारवाही गर्ने चेतावनी उनले दिए ।

Vianet communication
Laxmi Bank

‘गृह मन्त्रालय मातहतबाट हुने काम १ दिनमा गर्नुपर्छ । कसैलाई फाइल घुमाउने अधिकार छैन, हुने काम हो भने हुने, हुने काम होइन भने हुँदैन भन्नुस्,’ उनले निर्देशन दिए ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा चुस्तदुरुस्त प्रशासनको प्रत्याभूति जनतालाई दिन निर्देशन दिए । बाढीपहिरोको समय भएकाले जनताको जिउधनको सुरक्षामा लाग्न समेत निर्देशन दिए ।

गृह मन्त्रालयका मातहतका कर्मचारी र सुरक्षा निकायले २४ घण्टै काम गर्नुपर्ने भएकाले कसैले पनि आफ्नो ड्युटी समय सकियो भन्न नपाउने उनले बताए ।

‘गृह मन्त्रालय २४ सै घण्टा खटिने मन्त्रालय हो, कसैले पनि मेरो ड्युटी १०–५ हो भन्न पाउँदैन सुरक्षा र शान्तिको लागि जुन कुनै मिनेट पनि खटिनुपर्छ,’ मन्त्री अधिकारीले निर्देशन दिँदै भने ।

कुनै पनि कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए तत्कालै कारवाही गर्ने समेत उनले बताए । नेपालको भूमि चीन वा भारत कसैलाई पनि प्रयोग हुन नदिने र १ इन्च पनि मिच्न नदिने समेत उनले बताए ।

‘मन्त्री हुन्छु भन्ने ३ बजेसम्म पनि थाहा थिएन, त्यसैले प्रि–प्लान बनाएको छैन तर मन्त्रालयको हिजोदेखिका काम निरन्तर हुनेछन्,’ मन्त्री अधिकारीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x