देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त

 काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । झापा निवासी पोखरेल विरामी भएपछि एक महिना अघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत रहेकाे र यही जेठ २५ गते ५२ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पोखरेलको निधनले झापा काँग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको उल्लेख गर्दै उनप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्