×

NMB BANK
NIC ASIA

अब्बल प्रशासकीय भूमिका

कोरोनाकालमा ललितपुर प्रशासनको उल्लेख्य कामः अक्सिजन व्यवस्थापनदेखि सहजै मच्छिन्द्रनाथको जात्रासम्म

जेठ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९)को नयाँ भेरिएन्टसहितको दोस्रो लहरको समयमा जिल्ला प्रशासन कार्यालय ललितपुरले अक्सिजन सिलिन्डर उपलब्ध गराउनेदेखि जिल्लामा शान्ति सुरक्षाको विषयमा महत्त्वपूर्ण काम गरेको छ ।

Muktinath Bank

कोरोना भाइरसको नयाँ लहर शुरू हुनुभन्दा अगाडि नै यसबाट बच्नका लागि स्थानीय तहका प्रमुख, प्रशासकीय प्रमुखहरू र डीसीसीएमसीका सदस्यहरू लगायतसँग त्यसको पूर्व तयारीका सम्बन्धमा छलफल गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही छलफलबाट भविष्यमा आउन सक्ने अप्ठ्याराहरूलाई कसरी व्यवस्थापन गर्ने र कसरी सावधानी अपनाउने भन्ने रणनीति तय गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले बताए ।


Advertisment
Nabil box
Kumari

सोही रणनीतिले महामारीका समयमा लड्न सहज बनायो । 

Vianet communication
Laxmi Bank

यसबीचमा अक्सिजनको अभाव हुन नदिन पनि जिल्ला प्रशासन कार्यालयले उल्लेख्य पहल गरेको छ ।

देशभर अक्सिजनको हाहाकार भएको समयमा उत्पादन कम नहोस् भनेर प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लामा रहेका अक्सिजन प्लान्टहरूमा कुनै अवरोधविना नियमित विद्युत आपूर्ति गर्न  विद्युत् प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई निर्देशन समेत दिएका थिए ।

अक्सिजन र बेड उपलब्ध नभएको गुनासो निकै आइरहेको थियो । त्यसपछि प्रजिअ निरौलाकै अग्रसरतामा अस्पतालहरू जिल्ला प्रशासन कार्यालयका तर्फबाट अनुगमन पनि भयो ।

अक्सिजनको अभाव कम गर्न प्रजिअ निरौला स्वयं चौबीसैघण्टा खटिए । त्यही क्रममा उनी स्वयं कोरोना संक्रमित समेत बन्न पुगे ।

‘सीडीओका फोनमा खान पाइनँ भन्नेदेखि उपचार पाइनँ, बेड पाइनँ, अक्सिजन पाइनँ भन्नेसम्मका फोन आउँछन्, त्यो बेलामा पनि आएका थिए,’ सीडीओ निरौलाले भने, ‘आफैँलाई संक्रमण भएर आइसोलेसनमा बसे पनि फोनबाट चौबीसै घण्टा गुनासो सम्बोधनको पहल गरेको थिएँ ।’

ललितपुरका केही अस्पतालले अक्सिजन प्लान्ट नभएको बताएपछि जिल्लामा भएका प्लान्टबाट अपुग हुँदा काभ्रेका सीडीओसँग समन्वय गरी अक्सिजन उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

‘हामीले काभ्रेका सीडीओसँग समन्वय गरेर दैनिक ३७० वटाभन्दा धेरै अक्सिजन सिलिन्डर उपलब्ध गराएका थियौं,’ सहायक प्रजिअ बस्नेतले  लोकान्तरसँग भने, ‘काठमाडौं, कास्की र चितवनबाट थप ३ सय गरी सरदर ६७० वटा सिलिन्डर व्यवस्थापन गरेका थियौं ।’

यसबीचमा कालोबजारी नियन्त्रणका लागि अनुगमन गरी ३ जनालाई कारवाही गरिएको छ । साथै जिल्लाका व्यापारीहरूसँग समन्वय गरी अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन पहल समेत गरेको उनले बताए ।

कोरोनाका बिरामीसँग अस्पतालहरूले मनलाग्दी शुल्क असुलेको गुनासो आइरहेका बेला जिल्लाका २६ वटै अस्पताललाई कोभिडको उपचार गर्दा लाग्ने अधिकतम शुल्क कति हो ? उपलब्ध गराउनू, भन्ने निर्देशन जिल्ला प्रशासन कार्यालयले दियो ।

‘अस्पतालमा लाग्ने भर्ना शुल्क, उपचार शुल्क, सेवा शुल्क लगायतका अधिकतम शुल्क मागेका थियौं,’ प्रजिअ निरौलाले लोकान्तरसँग भने, ‘तर धेरैले उपलब्ध गराएनन् ।

अस्पतालले दर रेट उपलब्ध नराउँदा र स्वास्थ्य मन्त्रालयसँग पनि त्यसको तथ्यांक नहुँदा त्यसलाई जाँच्ने मापदण्ड नभएको र सोही कारणले कारवाही गर्न समस्या भएको उनको अनुभव छ ।

‘समस्या देखेपछि स्वास्थ्य मन्त्रालयलाई दर उपलब्ध गराउन पत्र लेख्यौं तर मन्त्रालयबाट पनि आउन सकेन,’ प्रजिअ निरौलाले भने, ‘त्यसपछि हामीले निजी अस्पताललाई इमेलमार्फत् दररेट उपलब्ध गराउन निर्देशन दियौं ।’

६ वटा अस्पतालले मात्र दररेट उपलब्ध गराए । अन्य २० वटा अस्पतालले उपलब्ध गराएनन् ।

त्यसपछि उनले निषेध आदेशमा नै यो विषय समावेश गरे । 

उपचार शुल्क पारदर्शी ढंगले उपलब्ध गराउन निषेध आदेशका क्रममै निर्देशन गरेपछि थप केही अस्पतालले शुल्क विवरण सार्वजनिक गरे ।

उनले सबै अस्पतालमा बेडको साइडमा नै सबैले देख्ने गरी दररेट टाँस्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरकै पहल पछि स्वास्थ्य मन्त्रालयले समेत यस खालको निर्देशन दिएको थियो ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यात्राका क्रममा अघिल्लो वर्ष बल प्रयोग गर्नु परेको अवस्था र त्यसबाट एक जना प्रहरी गम्भीर घाइते तथा २८ जना स्थानीयलाई कारवाही गर्नुपरेको कुरालाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारी निरौला र सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले यो वर्ष स्थानीय मठ मन्दिरका पुजारी, बुद्धिजीवी, जिल्ला प्रहरी कार्यालयकी प्रमुख एसएसपी किरण बज्राचार्य समेतलाई राखी छलफल गरेर झडप नहुने अवस्था निर्माण र जात्रा पूरा गर्न सहजीकरण गरे ।

‘प्रशासन र संस्कृतिबीचको दरारलाई चिर्नका लागि हामीले सबैलाई छलफलमा बोलाएर सभ्य र संस्कृति नमर्ने हिसाबले रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न गराएका छौं,’ प्रजिअ निरौलाले भने, ‘यसपालि धर्मसंस्कृति नमर्ने हिसाबले पूजा सम्पन्न गरिएको छ ।’

कोरोना भाइरससम्बन्धी जनचेतना, जिल्लाका व्यापारीहरूसँगको समन्वयमा १६० बेडको आइसोलेन सेन्टरलाई स्वास्थ्य सामग्रीको उपलब्धता, औषधी र बेडका लागि समन्वय आदि गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

‘हामीले कोरोनाको पूर्व तयारीको क्रममा जिल्लाका विभिन्न ठाउँमा भएका १६० आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री र औषधि उपलब्ध गराएका थियौं,’ सहायक प्रजिअ बस्नेतले भने ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवा लिन जाने व्यक्तिलाई घाम  पानीबाट सुरक्षित राख्नका लागि कार्यालय हाताभित्र सेवाग्राही प्रतीक्षालय समेत बनाएको बस्नेतले बताए ।

निषेधाज्ञाको समयमा अप्ठ्यारोमा परेकालाई पास उपलब्ध गराएर घरसम्म जाने व्यवस्था समेत जिल्ला प्रशासनले गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x