×

NMB BANK
NIC ASIA

माथिल्लो सदनको 'अवमूल्यन'

'पंगु' बन्दै राष्ट्रिय सभा– झण्डै १ वर्षको अवधिमा जम्मा ४ दिन बैठक !

७ घण्टा ५ मिनेट बैठक, ५९ सांसदलाई वर्षभरिको तलब !

जेठ ३०, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोरोना महामारी शुरू भएपछि राज्यकोषबाट तलब खाने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरू तोकिएको समयभन्दा बढी काम गरिरहेका छन् । कतिपयले प्रोत्साहन भत्ता पनि पाइरहेका छैनन् । 

Muktinath Bank

राज्यकोषबाट तलब खाने केही निकाय भने कामविहीन भएका छन् । नीति निर्माणको तहमा बसेको संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका ५९ सांसदले भने झण्डै एक वर्षको अवधिमा ४ दिन मात्र खास काम गरेका छन् । साढे ११ महिनाको अवधिमा ५९ सांसदले ४ वटा बैठकमा ७ घण्टा ५ मिनेट व्यतित गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपाभित्रको विवादका कारण सरकारले संघीय संसद्को बजेट अधिवेशन २०७७ असार १८ गते अकस्मात अन्त्य गरिदियो । त्यसपछि लामो समय संसद्को अधिवेशन बस्न सकेन । हिउँदे अधिवेशन बोलाउनुपर्ने सीमा १३ दिन बाँकी रहँदा पुस ५ गते प्रतिनिधि सभा नै भंग गर्‍यो । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभा भंग भएको केही दिनपछि सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलायो । त्यो अधिवेशन १० दिन मात्र चल्यो । १० दिनको अवधिमा ४ वटा बैठक बसेर ७ घण्टा ५ मिनेट खास काममा खर्च गर्‍यो । 

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभा विघटन भएपछि बसेको राष्ट्रिय सभा बैठकमा सरकारको कामको विरोध भयो । त्यो छोटो अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । उनले प्रतिनिधि सभा भंग भएको अवस्थामा राष्ट्रिय सभाको औचित्य झन् बढेको बताएका थिए । प्रधानमन्त्रीको सम्बोधन भएकै दिन अधिवेशन अन्त्य भयो ।

‘सरकारको आलोचना भएपछि अधिवेशन अन्त्य गरेर सभालाई कामकाजी बन्न दिइएन,’ राष्ट्रिय सभाका एक सदस्यले गुनासो गरे । 

२०७७ असार १८ पछिका साढे ११ महिनामा ४ वटा बैठक बसेर ५९ सांसदले तलब भत्ता भने वर्षभरिकै लिए । संसद्को अधिवेशन नबोलाउनु र बिजनेस नदिनुमा यी सांसदको भने दोष छैन । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

सरकारले राष्ट्रिय सभाको अधिवेशन नबोलाउँदा माथिल्लो सदनमा ५९ जना भूमिकाविहीन जस्तै बनेका हुन् ।

'सरकारले माथिल्लो सदनलाई अवमूल्यन गर्‍यो'

संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभा विघटन भएपछि माथिल्लो सदन राष्ट्रिय सभाको कामकारवाही प्रत्यक्ष प्रभावित भए । तर कानून बनाउने कामका अतिरिक्त सरकारलाई जवाफदेही बनाउन र राष्ट्रिय महत्त्वका विषयमा छलफल गर्न सभाको बैठक राख्न सकिने भएपनि सरकारले यो सभाको मानमर्दन गरेको विपक्षी सांसदहरूले आरोप लगाएकाछन् । 

नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारी राष्ट्रिय सभालाई सरकारले हदभन्दा बढी अपमान गरेको बताउँछन् । ‘संसद् नै देख्न नचाहने सरकारले राष्ट्रिय सभालाई भूमिकाविहीन बनाएको छ, भंग गर्न नमिल्ने भएर मात्र यो सदन बचेजस्तो लाग्छ,’ बिडारीले भने, ‘अधिवेशन बोलाएपनि ४ वटा बैठक बसेर अन्त्य गर्छ, यसपटक वैशाख २७ गतेको अधिवेशनलाई देखाएर अधिवेशन नै नबोलाएमा के आश्चर्य भयो र ?’

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि गत वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन बसेको थियो । सांसद बिडारी नेपालको कोरोना संकटबारे विश्वका संसद्मा बहस भएका बेला नेपालमा सदन बस्न नसक्नुु दुर्भाग्य भएको बताउँछन् ।

‘यस्तो प्रकारको अराजकता त मैले पञ्चायतमा पनि देखेको थिइनँ, पञ्चायतले पनि समय समयमा बैठक बोलाउँथ्यो,’ बिडारीले भने । 

नेपाली कांंग्रेसका सांसद प्रकाश पन्थ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना हुन्छ भनेर राष्ट्रिय सभाको बैठक नबोलाएको आरोप लगाउँछन् ।

‘प्रधानमन्त्रीलाई संसद् चाहिएकै छैन । उहाँ आलोचना मन पराउनुहुन्न । एक किसिमले भन्दा उहाँलाई संसद् घाँडो भएको छ,’ पन्थले लोकान्तरसँग भने, ‘जनप्रतिनिधिमूलक संस्था राष्ट्रिय सभा छँदैछ नि भनेर उहाँले भ्रम दिन सक्नुभएकै छ ।’

सांसद पन्थ प्रतिनिधि सभाको अनुपस्थितिमा राष्ट्रिय सभा र राष्ट्रिय सभाको अनुपस्थितिमा प्रतिनिधि सभाले काम गर्न सक्ने बताउँछन् । 

‘साइकलको एउटा पांग्रो फाल्दिएर व्यवस्थाले काम गरेन भन्ने भ्रम दिँदै हुनुहुन्छ,’ उनले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x