×

NMB BANK
NIC ASIA

जसपा विवाद

महन्थले अझै बुझाएनन् उपेन्द्रलाई कारवाही गरेको निर्णयको सक्कल, आयोगले भोलि कुनै निर्णय लिन सक्ने !

जेठ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको सन्दर्भमा निर्वाचन आयोगले माग गरेका दस्ताबेज हालसम्म बुझाउन नसकेको पाइएको छ ।

Muktinath Bank

कार्यकारिणी समिति बैठकको माइन्युटसहित निर्णयको सक्कल कपी ठाकुर पक्षले आयोगमा बुझाउन नसकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गरिएको निष्कासनका बारेमा ठाकुरले निर्वाचन आयोगलाई पत्र पठाएका थिए ।


Advertisment
Nabil box
Kumari

कारवाही गरिएको भनिएको कार्यकारिणी समितिको बैठकको निर्णयको सक्कल पत्र पठाउन भन्दै आयोगले जसपाका अध्यक्ष ठाकुरलाई पत्राचार गरेको थियो।

Vianet communication
Laxmi Bank

त्यसपछि ७ दिनको समय ठाकुरले आयोगसँग मागेका थिए । ठाकुरले माग गरेको सात दिनको समय आज आइतवार सकिँदैछ।

तर, आइतवार ३:३० सम्म पनि ठाकुरले निर्णयको सक्कल पत्र र हस्ताक्षरसहितको माइन्युट आयोगमा नपठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

उपेन्द्र यादवले पनि ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्ललाई पार्टी साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको भन्दै आयोगलाई पत्र पठाएका थिए ।

दुवै पक्षले दलको कार्यकारिणी समितिमा रहेका ती नामहरू हटाएर अद्यावधिक गर्नका लागि पत्राचार गरेका थिए ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को अनुसूची १८ बमोजिम तोकिएको विवरणअनुसार पत्र नआएको हुनाले सोही अनुसूचीबमोजिम अर्को पत्र पठाउनका लागि ठाकुर र यादवलाई आयोगले पत्राचार गरेको थियो।

त्यसैगरी ठाकुरलाई कारवाही गरिएको कार्यकारिणी समितिको निर्णयको सक्कल प्रतिलिपि पनि पठाउन उपेन्द्र यादवलाई पनि आयोगले भनेको थियो।

उपेन्द्रले भने कार्यकारिणी समिति बैठकको निर्णय आयोगमा पठाइसकेका छन् ।

‘अनुसूचीबमोजिमको अर्को निवेदन तथा कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपिसहित दुवै कागजात उपेन्द्र यादवले पठाइसक्नुभएको छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘तर, ठाकुर पक्षबाट हालसम्म आएको छैन ।’

ठाकुर पक्षले हालसम्म कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि नपठाएपछि अब आयोगले भोलि कुनै न कुनै निर्णय लिने उनले बताए।

‘आजपछि अब केही न केही निर्णय आयोगले गर्न सक्छ वा ठाकुर पक्षलाई फेरि पनि ताकेता गर्न सक्छ,’ श्रेष्ठले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x