×

NMB BANK
NIC ASIA

जसपा विवाद

उपेन्द्र यादवको प्रतिक्रिया– 'निर्वाचन आयोगले 'सेटिङ'मा गलत निर्णय गर्‍यो, अदालत जान्छौं'

जेठ ३१, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

आयोगले सेटिङका आधारमा पार्टीको विधानविपरीत गलत निर्णय दिएको आरोप लगाउँदै उनले निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 ‘सेटिङका आधारमा निर्वाचन आयोगले निर्णय गरेको छ,’ यादवले लोकान्तरसँग भने, ‘निर्वाचन आयोगले गरेको निर्णय गलत छ, असंवैधानिक छ । आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्छौं।’


Advertisment
Nabil box
Kumari

जो सँग विचार छ, मुद्दा छ, संगठन छ, नेता तथा कार्यकर्ता छन्, त्यसैसँग जसपा रहने उनको कथन छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा समेत बहुमत भएका कारण जसपा आफ्नो पार्टी रहेको उपेन्द्रले बताए ।

Vianet communication
Laxmi Bank

‘उहाँहरूलाई नयाँ पार्टी दर्ता गर्नुछ भने गर्नुहुन्छ होला, हामी जसपामा नै बस्छौँ,’ यादवले भने, ‘अब अन्य कसलाई कहाँ जानुछ, जाओस्, त्यससँग जसपाको कुनै सरोकार रहेन।’

यसअघि उपेन्द्र यादवले जसपा अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।

त्यसैगरी ठाकुरले पनि उपेन्द्र यादवलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।

तर, दुवै पक्षका कारवाहीलाई निर्वाचन आयोगले अवैध भनेर अस्वीकार गरेको छ ।

पार्टीमा दुई जना अध्यक्ष रहेको अवस्थामा एक अध्यक्षले अर्को अध्यक्षलाई कारवाही गरेको कुरा कानून सम्मत निर्णय हो भनी मान्न मिलेन भन्दै आयोगले जेठ ३० गते कारवाहीलाई अवैध ठहर गरेको छ।

केन्द्रीय समितिको बैठक अध्यक्षको निर्देशनबाट बोलाइनेछ भन्ने कुरा पार्टीको विधानमा उल्लेख रहेको तथा पार्टीमा दुई जना अध्यक्ष रहेको देखिएकोमा सो बैठक दुबै अध्यक्ष वा एक अध्यक्षबाट बोलाइने हो भन्ने सम्बन्धमा विधान मौन रहेको पाइएको आयोगले गरेको निर्णयमा उल्लेख छ।

‘कुनै पनि अध्यक्षलाई हटाउँदा माथिल्लो समितिको अनुमोदन लिनुपर्नेछ भन्ने व्यवस्था भएकोमा दुवै अध्यक्षलाई एक अर्काले कारवाही गर्दा माथिल्लो समितिबाट अनुमोदन गरेको नदेखिएकाले कारवाहीलाई विधानसम्मत भन्न मिल्दैन ,’ आयोगले गरेको निर्णयमा उल्लेख छ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x