×

NMB BANK
NIC ASIA

प्रेमीसँग सल्किएपछि ‘सुपारी’ दिएर माओवादी नेता रहेका पतिको हत्या

जेठ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कपिलवस्तुका माओवादी जिल्ला नेता दीपक पाण्डेयको हत्या उनकै पत्नीको योजनामा भएको खुलेको छ । 

Muktinath Bank

प्रहरीका अनुसार पाण्डेयको हत्या पत्नी महिमा पाण्डेयको योजनामा भएको पत्ता लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार प्रहरीले हत्याका मुख्य योजनाकार र संगठित आपराधिक समूहलाई सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले प्रकाश भन्ने ओमप्रकाश यादवसँग लामो समयदेखि अनैतिक सम्बन्धमा लागेर महिमाले दीपकको हत्या योजना बुनेको अनुसन्धानबाट पुष्टि भएको बताए ।

Vianet communication
Laxmi Bank

अधिकारीले लोकान्तरसँग भने, ‘महिमा र ओमप्रकाशबीच प्रेम सम्बन्धले नै हत्याको योजना बनेको देखियो ।’

प्रहरीका अनुसार विगत ५ वर्षदेखि ओमप्रकाश यादवको र मृतक दीपककी पत्नी महिमा पाण्डेयबीच भएको अनैतिक सम्बन्धले पाण्डेय परिवारमा मनमुटाव र विवाद शुरू भएको थियो । परिवारको विवाद अन्ततः हत्यासम्म पुगेको देखिएको छ । 

कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय नेता पाण्डेयलाई जेठ ५ गते गोली प्रहार गरिएको थियो । गोली लागेर गम्भीर घाइते भएका पाण्डेयलाई रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा जेठ १० गते उनको मृत्यु भएको थियो । जेठ ५ गते राति ११ बजे चार नम्बर तौलिहवा सडक खण्डमा पाण्डेयमाथि गोली प्रहार भएको थियो । 

पटक–पटक दीपकलाई हत्या गर्ने योजना बनाई विगत २–३ वर्ष अगाडिदेखि नै विभिन्न व्यक्तिलाई प्रयोग गरी सुपारी (बैना) समेत दिएका थिए । पटक–पटकको प्रयास असफल भएपछि लामो निगरानी पश्चात जेठ ५ गते हत्या भएको खुल्न आएको छ । 

घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसमध्ये हत्यामै ४ जना र अन्य ७ जना हतियार किन्ने र व्यवस्थापन गर्न परिचालन भएको देखिएको अधिकारीले बताए ।

हत्यामा महिमा, ओमप्रकाश, रमजान साह मुसलमान र साकिर अलि पाखिरा रहेका छन् । ओमप्रकाश कपिलवस्तु नगरपालिका–१ का हुन् । लु१६प ३४९७ नम्बरको मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई २ वटा पेस्तोलबाट १–१ गोली हानेका थिए । 

हतियार खरिद र व्यवस्थापनमा संलग्न कपिलवस्तु नगरपालिका–१ का ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही स्थानका राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु–१ का नरसत अली र वडा नम्बर–२ का प्रवीण गुप्ता रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x