धितोपत्र बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि बैंक तथा वित्तीय परिसंघको ध्यानाकर्षण

नेपाल धितोपत्र बोर्डले ५१ वटा सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेपछि बैक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रवक्ता भोजबहादुर शाहले जारी गरेको विज्ञप्तिमा व्यक्ति वा समूहबाट बजारमा गराइने होहल्ला र अस्वभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरुको कामकारबाहीको बृहत अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित नियमअनुसार काम नगरेको भए त्यस्तो संस्थालाई आन्तरिक रुपमा सचेत गराउने वा कारबाही  गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौं लगानीकर्ताहरुमा मनोवैज्ञानिक  त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही गर्दानै सबैको हित हुन विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही दिनअघि बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिमा रहेको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्