×

NMB BANK
NIC ASIA

विषादी हुनसक्छ कारण : पाँचखालका तीन भाइलाई एकैपटक क्यान्सर !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २२ जेठ – काभ्रे पाँचखालका एउटै वडाका तीन दाजुभाइले अहिले काठमाडौंको ओम अस्पतालमा क्यान्सरको उपचार गराइरहेका छन् । पाँचखालको तीन नम्बर वडाका सोमप्रसाद अधिकारी, विष्णु अधिकारी र इन्द्रनाथ अधिकारी ओममा अहिले किमो उपचार गराइरहेका छन् ।

उनीहरूलाई ओम अस्पतालका वरिष्ठ डाक्टर राजेन्द्र बरालसहितका चिकित्सक टोलीले उपचार गरिरहेका छन् । आफूलाई क्यान्सर भएको थाहा नपाउँदा तीनैजनाले लामो समय कष्ट व्यहोर्नुपरेको थियो । सामान्य रोगबाट स्वास्थ्यमा समस्या आएको ठानेर उनीहरू घरमै बस्दै आएका थिए ।

तर शरीर रोगले च्याप्दै लगेको र अवस्था झन् बल्झिँदै गएपछि काठमाडौंको ओम अस्पतालमा भर्ना भएका हुन् ।
पाँचखालका ७४ वर्षीय सोमप्रसाद अधिकारी अहिले ओममा किमो उपचार गराइरहेका छन् । उनलाई शुरुमा पेट दुख्ने र ज्वरो आउने समस्याले सताएको थियो ।
सोमप्रसाद अधिकारी र विष्णु अघिकारी

महाराजगन्जस्थित मेरील्यान्ड अस्पतालमा सीटी स्क्यान गरेर हेर्दा उनको किड्नीमा समस्या देखिएपछि क्यान्सर भएको आशंका गर्दै चिकित्सकले ओम अस्पतालमा रिफर गरेका थिए । ओममा परीक्षण गर्दा क्यान्सर पुष्टि भयो । उनले नियमित उपचार गराइरहेका छन् ।

पाँचखालकै इन्द्रनाथ अधिकारीले माछामासु, अण्डा र सुपारी समेत नखाएको १७ वर्ष भइसकेको थियो । जाँडरक्सी समेत केही नखाने इन्द्रनाथ आफूलाई कसरी क्यान्सरले समात्यो भनेर आश्चर्य मान्छन् ।

गत वर्ष भदौ महिनामा सुगर भएर औषधि खाइरहेका उनलाई पुसको अन्तिम हप्तामा पेट दुख्न शुरु भएको थियो । पेट दुख्न कम नभएपछि उनले धुलिखेल अस्पतालमा गएर पेटको भिडियो एक्सरे गराएका थिए ।

डाक्टरको सल्लाह अनुसार उनले तीन हप्तासम्म औषधि खाए । तर पेट दुख्ने समस्यामा कमी आएन । सीटी स्क्यान गर्दा उनको पेटमा पानी जमेको देखिएको थियो । एक्सरे गर्दा उनको पित्तथैलीमा ससाना बिमिराहरू देखापरेका थिए । क्यान्सरको शंका गरेर उनलाई ओम अस्पतालमा जचाउन चिकित्सकहरूले सुझाएका थिए ।
इन्द्रनाथ अधिकारी

अहिले इन्द्रनाथ ओम अस्पतालमा पाँचौंपटक किमो उपचार गर्दैछन् । किमोबाट पहिलाभन्दा निकै सुधार आएको उनले बताए । ‘नियमित उपचारबाट बिसेक लाग्दै गएको छ,’ अस्पतालको किमो वार्डमा उनले लोकान्तरसँग भने ।

पाँचखाल–३ का विष्णु अधिकारी पनि क्यान्सरको नियमित उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएका कारण अहिले ओम अस्पतालमा किमो लिइरहेका छन् ।

सुगर र प्रेसरका बिरामी उनी शुरुमा आफूलाई नसा च्याप्ने समस्या रहेका कारण अर्थपेडिक डाक्टर कहाँ उपचार गर्दै आएका थिए । छातीको एक्सरे गर्दा फोक्सोको भागमा कालो दाग देखिएपछि उनलाई क्यान्सर लागेको आशंका गरी ओम अस्पतालमा भर्ना गरिएको थियो ।

विष्णुका परिवारमा धेरैजनाको क्यान्सरबाट मृत्यु भएको थियो । उनका आफ्नै भतिजा र काकाको पनि क्यान्सरबाटै मृत्यु भएको थियो । अहिले पाँचौंपटक किमो गरिरहेका विष्णुमा निकै सुधार आएको छ ।

दुई महिनापछि बल्ल उनले भुइँमा पैताला टेक्न सक्ने भएका छन् । एक्लै हिँडडुल गर्ने सक्ने भएका छन् । डा. राजेन्द्र बरालले उनी बसेको वार्डमै उनलाई वार्डकै सबैभन्दा ठिटो भनी बोलाउने गरेको उनी सुनाउँछन् ।
विष्णुप्रसादले आफू यसरी सामान्य अवस्थामा आउला भनेर कल्पना पनि गरेका थिएनन् । एउटै गाउँका तीनजना अधिकारी दाजुभाइ एउटै समयमा उपचारका लागि अस्पताल आउने गरेका छन् । गतसाता उनीहरू एकैपटक अस्पतालमा पुगेका थिए ।

क्यान्सर वार्डमा कार्यरत डाक्टर र नर्सहरू उपचारपछि अधिकारी दाजुभाइको आत्मविश्वास बढेको बताउँछन् । ‘आत्मविश्वासले नै उहाँहरूले रोगलाई जित्दै हुनुहुन्छ,’ अस्पतालकी एक कर्मचारीले भनिन् ।

विषादीको कारण हुनसक्छ: डा बराल

पाँचखाल–३ जोरपाटीका एउटै गाउँका तीनजना अधिकारी दाजुभाइलाई क्यान्सर लाग्नुको एउटै कारण नभएको उपचारमा संलग्न डा. बराल बताउँछन् । तीनैजनालाई फरक–फरक स्थानमा क्यान्सर लागेको उनले बताए ।
डा. राजेन्द्र बराल


पाँचखालको तरकारीमा अत्यधिक विषादीको प्रयोगले त्यस आसपासमा क्यान्सर रोगीको संख्या बढेको सरोकारवालाहरू बताउँछन् । ‘अधिकारी दाजुभाइ एउटै परिवारका होइनन्, उनीहरूको केस जेनेटिक भन्न सकिँदैन,’ डा. बरालले लोकान्तरसँग भने, ‘विषादीको असर एउटा कारण हुनसक्छ ।’

पाँचखाल जोरपाटीका स्थानीय भने पछिल्लो समय तरकारीमा विषादीको प्रयोगमा कमी आएको बताउँछन् । ‘पाँचखालको तरकारीले बजार लिएपछि यसलाई बदनाम गराउन विषादी प्रयोगको हल्ला फैलाइएको हो,’ स्थानीय कोमलप्रसाद अधिकारीले लोकान्तरसँग भने, ‘हल्ला गरिएजस्तो यहाँ विषादीको प्रयोग भएको छैन ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x