×

NMB BANK
NIC ASIA

गण्डकीको गठबन्धनप्रति एमाले सांसदको टिप्पणी– तेल र पानीको समिश्रण, न खान मिल्छ न गाडी चल्छ !

असार ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकी प्रदेशमा सत्ता गुमाएर प्रतिपक्षीमा पुगेको नेकपा एमालेका सांसदहरु नयाँ सत्ता गठबन्धनप्रति आक्रामक देखिएका छन् ।

Muktinath Bank

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलका क्रममा एमाले सांसदहरुले गठबन्धनको चर्को आलोचना गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले सांसद राजीव पहारीले अहिलेको सरकार केन्द्रका नेताहरुको स्वार्थ मिल्दा रिमोटबाट बनेको र यसले प्रदेशमा समृद्धि ल्याउन नसक्ने आरोप लगाए । ‘खुर्सानीको विउ रोपेर सुन्तला फल्छ ? रिमोटबाट चलेको हासको चाल न कुखुराको चालको यो सरकारले प्रदेशको समृद्धि ल्याउन सक्छ ?’ पहारीले भने ।


Advertisment
Nabil box
Kumari

सरकार गठन भएको दिनदेखि नै सत्तापक्षका सांसदहरुले जथाभावी बोलिरहेको आरोप लगाए । ‘यसअघि माननीय सदस्यहरुले भनिसक्नु भएको छ । यो गठबन्धन तेल र पानीको समिश्रण हो, न खान मिल्छ न गाडि चल्छ ?’ पहरीले भने । 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री नियुक्ति भएको ६ दिनमै विश्वासको मत लिन हतार गर्नु केवल सत्ता सुरक्षाको हतारो भएको उनले आरोप लगाए । 

एमालेकै धनञ्जय दवाडीले कांग्रेसलाई प्रधान शत्रु घोषणा गरेको माओवादीसँगको गठबन्धनले निकास नदिने टिप्पणी गरे । एमालेका कृष्णबहादुर थापाले यो सरकार गठन भएदेखि प्रदेशमा अनिष्ट भएको र बाढी पहिरो आएको आरोप लगाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x