×

NMB BANK
NIC ASIA

बाढीले छाडेपछिको मेलम्ची पुग्दा

मेलम्ची बजार छाड्दै सोनामले भने– 'ज्यान बाँचे केही गरी खाउँला, अब गाउँ गएर बाँझो कोर्छु'

असार ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवार दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित मेलम्ची बजार पुग्दा ३८ वर्षीय सोनाम लामा पत्नी र छोरालाई साथमा लिएर सामानहरूको पोकापन्तुरा बनाउँदै थिए ।

Muktinath Bank

आँगनमै गाडी रोकिएको थियो । फर्निचरहरू छरपस्ट थिए । केही सामान गाडीमा लोड भइसकेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

मेलम्ची बजार त्यही ठाउँ हो, जहाँ मंगलवार र बुधवार आएको भीषण बाढीले निकै ठूलो क्षति पुर्‍याएको थियो ।

Vianet communication
Laxmi Bank

मेलम्चीको पुरानो बजारमा एक तल्लासम्मका घरहरू पुरिएका थिए भने दोस्रो तल्लासम्म पनि बाढी पसेको थियो ।

त्रासको त्यो क्षण बितेको केही घण्टा मात्र भएको छ । अब सोनाम बजार छाडेर गाउँ फर्किने तयारीमा छन् ।​

***

सोनामको घर सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका वडा नम्बर २ नुर्बुली हो ।

उनी ५ वर्षअघि परिवारसहित बजार झरेका थिए ।

८/९ लाख रुपैयाँ लगानी गरेर बजारमा सानो होटल सञ्चालन गरे ।

दुई छोरी, एक छोरा र श्रीमतीसहितको परिवार त्यही होटलबाट भएको कमाइले पाल्दै आएका थिए ।

महिनामा ४० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो । दैनिकी राम्रैसँग चलिरहेको थियो ।

तर मंगलवार नसोचेको विपद् आइलाग्यो ।

मेलम्ची खोला हुँदै इन्द्रावतीमा आएको भीषण बाढीले उनका धेरै सपनाहरू बगाएर लग्यो ।

होटलमा रहेका सामानहरू बगे । खाद्यान्न केही बाँकी रहेन । होटलका डेकोरेसनहरू सबै भत्किए ।

करीब ३५ लाखको क्षति भएको उनको गुनासो छ ।

तर, सौभाग्य नै भन्नुपर्छ परिवारका सबै सदस्यले ज्यान जोगाउन सफल भए ।

***

बाढी त आयो, गयो । तर त्यसले उनको दैनिकी पूरै बदलिँदै छ ।

अझै २/३ महिना खतरा छ, नबस्नू भनेपछि उनी परिवारसहित गाउँ फर्किने निष्कर्षमा पुगे ।

गाउँ गएपछि के गरी खाने भन्ने निधो छैन । तर बाँझिएका जमिन कोर्ने योजना बनाएका छन् ।

'ज्यान बाँचे त केही न केही गरी खाउँला, पहिला ज्यान बचाउनुपर्‍यो,' सोनामले लोकान्तरसँग भने, 'गाउँमा जग्गा जमिन बाँझिएका छन् । अब बाँझो फुटाएर खेती गर्नुपर्ला ।'

अब फेरि बजार झरिएला/नझरिएला निधो छैन ।

त्यसैले उनले फर्निचरका सामानहरू पनि सबै गाउँ लैजाँदै छन् ।

दु:खका बेला आफ्नै जन्मभूमि काम लाग्ने रहेछ ।

साँझसम्ममा पुर्ख्यौली घरमा छिरेर थोरै भएपनि चैनको श्वास लिने उनको धोको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x