×

NMB BANK
NIC ASIA

खेलकदु मन्त्रीद्वारा ओलम्पिक डेको उद्घाटन

असार ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ ।\

Muktinath Bank

उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलार्ई सम्वोधन गर्दै मन्त्री मियाले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अगाडी बढ्ने बताए । आफु राजनीतिज्ञ मात्र नभई बिकास क्षेत्रबाट अगाडी आएकोले पहिले भन्दा अहिले अझै राम्रो गर्न कसरी सकिन्छ दत्तचित्त भएर लाग्ने बताए । त्यसका लागि उनले सवैको साथ र सहयोगको अपेक्षा रहेको बताए । उनले खेलकुदको विकासका लागि आफु सवै प्रकारको सहयोग गर्न र जुनसुकै समयमा सहयोग गर्न तयार रहेको बताए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमको बारेमा जाकारी दिंदै अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक संग आवद्ध बिश्वका सवै राष्ट्रमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको र त्यहि क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित ५ दिन सम्म संचालन हुने बताए । उनले खेलाडी मात्र नभई सवैलाई समेटेर ब्यापक रुपमा ओलम्पिक संग सहकार्य गर्दै अगाडी बढाउनु पर्ने बताए ।

Vianet communication
Laxmi Bank

ओलम्पिक खेलमात्र नभई साँस्कृतिक रितीरिवाज र बिश्व भातृत्वमार्फत शान्ति अभियानलाई अघि बढाउनु पनि रहेको बताए । उनले ओलम्पिक डेलाई भब्यताका साथ मनाउने उद्धेश्य रहेता पनि कोभिड महामारीका कारण खुम्चिनु परेको समेत बताए ।

सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए । कार्यक्रमका संयोजक कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दे ओलम्पिक डेको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कमिटिका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज राजबैद्य, उपाध्यक्ष ज्याती राणा, अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव तुलसा थापा, रामजी बहादुर श्रेष्ठ, सदस्यहरु, ओलम्पियनहरुको उपस्थिती रहेको थियो ।

ओलम्पिक डेका अवसरमा नेपालका ३५ जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको संयोजक श्रेष्ठले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x