×

NMB BANK
NIC ASIA

महाधिवेशनको सरगर्मी

पुनः सभापतिमा लड्ने देउवाको तयारी, निकटस्थसँग परामर्श थाले

असार ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा सभापतिमा दोहोरिने भन्दै निकटस्थसँग परामर्श थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रवार बसेको बैठकले भदौ १६–१९ गतेसम्म चौधौं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका पारित गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यतालिका पारित भएको भोलिपल्टदेखि देउवाले निकटस्थसँग परामर्श शुरू गरेका छन् । देउवाले शनिवार बिहान १ नम्बर प्रदेशका केन्द्रीय सदस्य तथा दिउँसो २ नम्बर प्रदेशका केन्द्रीय सदस्य र प्रभावशाली नेतासँग परामर्श गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘शेरबहादुर दाइले आगामी महाधिवेशनमा सभापतिमा उठ्ने विचार गरेको र माहोल सिर्जना गर्न आग्रह गर्नुभयो, हामीहरूले सकेसम्म सर्वसम्मत गर्नुस् भनेर सुझाव दियौं,’ देउवासँगको भेटमा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

देउवाले आफू अन्तिम पटक सभापतिमा उठ्न लागेको र सभापति बनेपछि पार्टीलाई पुरानै अवस्थामा फर्काएर नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अन्तिम पटकको लागि सभापतिमा लड्ने हो, पार्टीलाई पुरानै अवस्थामा पुर्‍याएर चुनावमा बहुमत दिलाउन लाग्छु,’ देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी ती नेताले भने । 

देउवाले आफ्नो उम्मेदवारी कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि भएको दाबी गरेका थिए । 

सहमहामन्त्री सुनील थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. डीला संग्रौला लगायत १ नम्बर प्रदेशका प्रभावशाली नेताहरू बैठकमा सहभागी थिए । 

सहभागीले संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले समेत सभापतिमा उम्मेदवारी दिने तयारी गरेकोबारे जिज्ञासा राखेका थिए । यस विषयमा देउवाले खासै खुलेर जवाफ नदिएको सहभागी नेताहरूले बताए । 

‘तपाईंहरूले विगतमा जसरी सहयोग गर्नुभएको छ, अब पनि सहयोग गर्नुस् । कांग्रेसलाई देशको १ नम्बर पार्टी बनाउने योजनासहित समावेशी टीम बनाएर महाधिवेशनमा जाने हो,’ देउवाले भनेका थिए ।

महाधिवेशनलगत्तै तीनै तहको चुनावको तयारी गर्नुपर्ने अवस्था आउने भन्दै पार्टीलाई चुस्त बनाएर लैजाने देउवाले बताएका थिए । २०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए । 

कांग्रेसका तत्कालीन कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतअन्तरले पराजित गर्दै देउवा सभापति बनेका थिए । देउवाको पक्षमा १ हजार ८२२ र पौडेलको पक्षमा १ हजार २९६ मत परेको थियो ।

देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको थपिएको कार्यकाल भदौमा पूरा हुँदैछ । भदौमा कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

शुक्रवार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले वडाको अधिवेशन साउन १२ गते, गाउँ, नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्न प्रस्ताव गरेको छ । 

प्रदेश अधिवेशन भदौ १ र २ तथा केन्द्रीय अधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका पारित भएको थियो । 

महाधिवेनशको कार्यतालिका पारित भएसँगै नेताहरूले आन्तरिक छलफल तीब्र बनाएका छन् । संस्थापन पक्षबाट देउवा र निधिले सभापतिमा उम्मेदवारी दिने बताएका छन् भने देउवाइतर समूहबाट पनि केही नेताले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । 

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्री डा. शशांक कोइरालालाई समेत विश्वासमा लिएर शेखरले उम्मेदवारी दिने तयारी गरेको उनी निटकस्थले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x