पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
सात प्रदेशका उत्कृष्ट कृषक तथा कृषि उद्यमीहरुले अनुदानको लोभमा कृषि कर्ममा लाग्ने नक्कली किसान आफैलाई घात हुने भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।
सरकारले वितरण गर्ने अनुदान उत्पादनमा आधारित नहुँदा दुरुपयोग बढेको बताएका छन् । परियोजनामा अनुदान दिँदा टाठाबाठा, नेता र कर्मचारीका नजिककाले अनुदान लिने र दुरुपयोग गर्ने गरेको पाएको कृषकहरुले अनुभव सुनाए ।
लुम्बिनी प्रदेशमा एकिकृत कृषि फार्म संचालन गर्दै आएका कृषि उद्यमी यामलाल आचार्य ११ वर्षदेखि कृषि पेसामा संलग्न छन् । १० जनालाई रोजगार दिएर साढे ४ करोड लगानीमा फर्म सञ्चालन गरेका उनले कागती, बाख्रा पालन गर्दै आएका छन् ।
लामो समय शिक्षण पेशामा संलग्न उनी शिक्षण पेशा छाडेर कृषि कर्ममा लागेका हुन् । उनले शिक्षितहरु कृषिमा लागेमा नाफा आर्जन गर्ने गरी कृषि कर्म अगाडि बढाउन सक्ने विचार राखे ।
अनुदानमा किसानको पहुँच नहुदा नीति कागजमा मात्र सिमित हुने गरेको उनको अनुभव छ । किसानका लागि कृषि ऋण झन्झटिलो हुनुका साथै कृषि बीमा किसानलाई नभई बिमा कम्पनीलाई नाफा मात्र रहेको उनको भनाइ छ ।
कृषकको वर्गीकरण गर्नुपर्ने, परिचयपत्र वितरण गर्न र व्यवहारिक तालिम गराउनु पर्ने र उत्पादनमा आधारित अनुदान तथा ऋण सहजीकरण गर्र्र्नु पर्ने सुझाव उनको छ । कृषिलाई पर्यटनसँग जोडेमा रोजगारी र कृषिमा आकर्षण सिर्जना गर्न सकिने उनको भनाइ छ ।
सुदुरपश्चिम प्रदेशको डडेलधुरामा बहु कृषि उत्पादनमा काम गर्दै आएका प्रशाद दत्त अवस्थी ले ४ सय रोपनी जमिनमा आलु मात्र खेती गरिहेका छन् । शिक्षण पेशा छाडेर आ आधुनिक कृषि तर्फ लाग्दै गरेका उनले कृषिमा लगानी सुनिश्चतता आवश्यक रहेको बताए । ऋण तथा अनुदानको प्रणाली कृषक अनुकूल नभएकाले सुधार गर्नुपर्ने उनको सुझाव छ ।
अनुदानको लोभले कृषिमा लाग्नेहरु आफैलाई धोका भइ न कृषि न अरु पेशामा जान सक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । उनले अनुदानको दुरुपयोग गर्ने सोंच लिएर नभइ कृषि बुझेर र कृषिबाटै आफ्नो भविष्य खोज्नका लागि कृषि कर्ममा लाग्न युवालाई अुनरोध गरे । सरकारले पनि उत्पादनमा आधारित भएर ऋण दिएमा कृषकलाई राहत हुने उनको धारणा छ ।
जंगली जनावर, रोग किराको समस्या उस्तै रहेकाले यसको समाधान गरी भारतबाट ल्याउने तरकारीमा रोक लगाउन उनले आग्रह गरे । सक्दो सरकारले किसानबाट तरकारी किने किसानको उत्पादनमा बजारीकरण सुनिश्चिता हुने उनले बताए ।
कृषि विभाग र नेपाल कृषि महासंघले आयोजना गरेको समृद्ध नेपालका लागि कृषिमा आधुनिकिकरण सता प्रदेशबाट उत्कृष्ट कृषकहरुले अनुभव प्रस्तुत गरेका हुन् । दुई दिने कार्यक्रमको दोस्रो दिन सनिबार पहिलो सत्रमा कृषकहरुको प्रस्तुति राखिएको थियो । प्रस्तुतिका लागि प्रदेशस्तरबाट कृषकको छनोट गरिएको थियो ।
प्रदेश १ अन्तर्गत इलामका चया उद्यमी सुरेस लिम्बुले समृद्ध नेपालको लागि चियाको अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो औंल्याए कृषि विकास बैंकको ऋण सहयोगमा चिया खेती गर्दै आएका उनले अनुदानको प्रभावकारीतामा जोड दिए ।
चिया खेतीमा राजनितीक प्रभाव हुन नदिन आग्रह गरे । । चिया क्षेत्रमा अनुसन्दान गरि प्रविधि विकास गर्नु पर्ने भन्दै उनले नेपाली चियालाई अन्तराष्ट्रिय रुपमै प्रवद्धन गर्दै लैजानु पर्ने बताए । उनले चिया नीति समय सापेक्ष अध्यावधिक नभएकाले लाभ अझै लिन नसकेको बताए । चियामा नयाँ प्रविधि अंगाल्न पर्ने सुझाव उनको छ ।
प्रदेश २ अन्तर्गतको मत्स्य पालक कृषक लक्ष्मीनारायण यादवले ४ बिघाबाट माछा पालन सुरु गरेका हुन् । हाल ४२ बिघा जमिनमा माछा पालन गरिरहेका उनले यो व्यवसायमा ५० प्रतिशत आमदानी हुने गरेको बताए । आमदानी बढेसँगै युवा विदेश पलायन हुनबाट रोकिने उनको भनाई छ ।
सरकारले माछा पालनका लागि जिल्लामै पानी तथा माटो जाँच गर्ने ल्याबको व्यवस्था गरिदिए सहज हुने बताए । बजारीकरणका लागि तौलअनुसारको मूल्य नपाएका कारण किसान पलायन हुन सक्ने भएकाले बजारीकरण सुनिश्चितता गराउन उनले आग्रह गरे ।
बागमती प्रदेशका रामकोट एग्रो फामका पुष्प व्यवसायी राजन गिरीले सरकारले ज्ञान केन्द्र मार्फत अनुदान सहुलियत वितरण गरेको राम्रो पक्ष रहेको बताए पनि प्रकृया झनजटिलो भइरहेको बताए । यसमा सरकारको तर्फबाट १ महिनामा २ पटक सम्म अनुगमन गरेर भए पनि राम्रो काम गर्नेलाई अनुदान तथा सहयोग दिनु पर्ने उनले सुझाब छ ।
गण्डकी प्रदेश कास्की माछा पुच्छ«े कफी खेती गरिरहेका कलाधार बुङगैले २०५० सालबाट कफी खेती सुरु गरेका हुन् । उनले कफि खेतीमा ५ गुणा बढि आमदानी हुने बताए । पहाडीभेगमा बादर लाग्ने भएकाले कफि बादरले नखाने खेती, वातावरण मैत्री खेती रहेको बताए ।
प्रधानमन्त्री कषि आधुनिकीकरणबाट पकेट हुँदै ब्लक खेती गरिरहेका उनले अनुगमन प्रभावकारी बनाउनु पर्ने बताए । कृषक परिचय पत्र विस्तारमा जोर दिनु पर्ने बताउदै अनुदान सहयोग वास्तविक किसानले पाउनु पर्ने बताए । उत्पादनका आधारमा अनुदान दिए सहज हुने सुझाउदै उनले प्रभावकारी ऋण सहुलियत र सरल रुपमा पाउने अवस्था सृजना गर्न आग्रह गरे ।
कर्णाली प्रदेश सुरखेत एकिृत फर्म उद्यमी चित्र प्रशाद रेग्मीले कृषि क्षेत्रमा सम्भावना रहेको तर, उत्पादन पछिको बजारिकरमा सरकारले सुनिश्चत्ता गर्नु पर्ने बताए । विभिन्न तहका सरकारले सञ्चलन गरेका कार्यक्रम कागजमा मात्र सिमित रहेको र किसानको पहुच खेतबारी भन्दा नभएको उनले बताए ।
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...