युरोकप–डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग पराजित

युरोकप अन्तरगत डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।  जितसँगै जर्मनी खेलमा फर्किएको छ।  यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पराजित जर्मनीका लागि आजको खेल जित्नैपर्ने दवाव थियो ।
एलिनाज एरिनास्थित रंगशालामा शनिबार सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि उसका लागि आजको खेल ब्याड लक बन्यो ।
खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे।

पहिलो हाफमै २–१ को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा पनि दुई गोल थप्यो । जर्मनीका लागि केइ हार्भिटेजले ५१ र रोबिन गोसेन्सले ६० औं मिनेटमा गोल गरे।  त्यसपछि पोर्चुगलका डिएगोले ६७ औं मिनेटमा गोल गर्दै टीमलाई ४–२ को अवस्थामा पुर्याएपनि त्यसपछि दुबै टोलीबाट थप गोल भएन र गोल जर्मनीको पक्षमा पर्यो ।


Advertisement

आजको खेलपछि फा्रन्स ४ अंकका साथ समूह एफको शीर्ष स्थानमा रहेको छ भने जमर्नी र पोर्चुगलको समान ३–३ अंक रहेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्