×

NMB BANK
NIC ASIA

मस्र्याङ्दीमा बग्दै मनाङका सुन्दर बस्ती

असार ६, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

लमजुङको सीमा म्यार्दी कट्नेबित्तिकै सडकको दायाँ पर्छ– मनाङ्को तालबजार ।
 नासो गाउँपालिका–१ मा पर्ने तालबजारको सिरानतालमा बस्नुहुने डीलकुमारी गुरुङको घरबारी सबै मस्र्याङ्दीले बगाइसकेको छ । गुरुङको मात्रै होइन, सिरानतालका छवटा घर मस्र्याङ्दीले बगाएको छ ।

Muktinath Bank

“यतिका वर्ष भयो । मस्र्याङ्दीमा बाढी त आउँथ्यो । यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ,” ७८ वर्षीया गुरुङले भनिन् ।
 भागेर ज्यान जोगाउन सफल गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । जेठ ३१ गते रातिदेखि सुरु भएको वर्षाले भोलिपल्ट उग्र रूप लिएपछि सिरानताल सबै बगायो । नजिकै तालगाउँको ६२ घर पूरै डुबानमा परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नासो गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले तालगाउँ पूरै डुबेर गाउँले घरबारविहीन भएको बताए। उनले भनिन्, “हाम्रो गाउँघर सबै बग्यो । अब कहाँ कसरी बस्ने ?”
 मस्र्याङ्दीले धारापानीमा रहेको नासो गाउँपालिका–५ को कार्यालय, सीमा प्रहरी चौकी, प्रभु बैङ्क र प्राइम कमर्सियल बैङ्कको शाखा कार्यालयसँगै स्थानीयवासीका घर पनि बगाएको छ । चामेमा पारिपट्टिका पाँच घर डुबानमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

मनाङ जिल्ला प्रशासन कार्यालयका अनुसार ५३ घर पूर्ण रूपमा क्षति भएका छन् भने दुई सयभन्दा बढी घर उच्च जोखिममा छन् । 
चामेपारिकी मेलिना गुरुङले भनिन्, “बाढीले घरबार डुबायो । बारी सबै लग्यो । घरै छाडेर हिँड्नुपरेको छ । साह्रै मन रोएको छ ।” 
पाँच परिवार तलेखुमा गएर बसेको उनले बताइन्।

Vianet communication
Laxmi Bank

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार बाढीका कारण चामे बजारका घर जोखिममा छन् । घर र होटल बगाएको उहाँले बताए। “जोखिममा परेपछि सबैलाई माडाको कारागार भवनमा सारेको छु । बाढी अझै बढ्दै छ । हामी चिन्तामा छौँ,” उनले भने।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे क्षेत्रमा पहिरो गएकाले मस्र्याङ्दी नदी थुनिने र खोलिने क्रम चलिरहेको उनले बताए। हुम्डे क्षेत्रमा शनिबार दिउँसो आधा घण्टा मस्र्याङ्दी नदी थुनिएको थियो । पानीको सतह बढेका कारण चामेबाट माथिल्लो क्षेत्र जोड्ने पक्की पुल जोखिममा परेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले जानकारी दिए।
उनका अनुसार सडक भासिएका छन् । हुम्डे विमानस्थलको माथिल्लो क्षेत्रमा सडक जोखिममा परेको छ । मस्र्याङ्दीले तान्दै लगेपछि हिँड्ने बाटोसमेत नभएको उनले बताए। 

हुम्डेको बस्तीमा समेत बाढी पसेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार बाढी दिउँसो आएका कारण मानिस ज्यान जोगाउन सफल भएको बताए।

“बाढीले मानिसको ज्यान मात्रै लगेन, घरबार सबै लग्यो, खेतबारी बगायो,” उनले भने, “टेलिफोन, बिजुली, इन्टरनेट, खानेपानी, सडक, बेलिब्रिज, झोलुङ्गे पुल र हिँड्ने बाटोसमेत छैन ।”

 नार्पाभूमिको फू गाउँदेखि दुई घण्टा पैदल यात्रामा पुगिने हिमालमुनिको कन्दरामा फसेका ५६ जनासहित बाढीमा फसेका १७४ जनालाई उद्धार गरेर सुरक्षित स्थलमा राखेको र २८ जनालाई काठमाडौँ पठाइएको उनले जानकारी दिए । गोरखापत्र दैनिकमा बेलिना थापाले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x