×

NMB BANK
NIC ASIA

‘कालीगण्डकी सभ्यता बचाऔँ अभियान’मा युवाको सक्रियता

असार ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको पुरानो सभ्यतामध्ये एक कालीगण्डकी सभ्यता पनि हो । कालीगण्डकी नदीमा विश्वकै दुर्लभ शालिग्रामसमेत पाइन्छ । हिन्दू धर्मावलम्बीले पवित्रताका लागि जल स्नानसमेत गर्ने कालीगण्डकी नदी पछिल्लो समय भने अवैध दोहनको सिकार भइरहेको छ । 

Muktinath Bank

सरकार र सरोकारवाला निकाय अवैध दोहनमा पनि मूकदर्शक प्रायः देखिन्छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीलाई अन्य नदीभन्दा अझ बढी महत्वपूर्ण मानिन्छ । विश्वकै दुर्लभ शालिग्राम पाइने नदी पछिल्लो समय मनपरी दोहन हुँदा शालिग्राम लोप हुने अवस्थामा पुग्न थालेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गालगायतका बस्ती कटानको जोखिममा परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कालीगण्डकी नदीमाथि अवैध दोहन हुने क्रम नरोकिएपछि कालीगण्डकी नदी बचाउनका लागि यहाँका युवाहरुले सक्रियता देखाउन थालेका छन् । नदी र यहाँको सभ्यता बचाउनका लागि धौलागिरि र गण्डकीका युवाहरु स्वतःस्फूर्तरूपमा अभियानमा जुट्न थालेका छन् ।
 मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्लालगायत क्षेत्रमा कालीगण्डकी नदीको चौतर्फी दोहन हुन थालेपछि युवाहरू सामाजिक सञ्जालमार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन् ।


Advertisment
Nabil box
Kumari

 युवाहरुले ‘कालिगण्डकी बचाउ अभियान’ शुरु गरेका हुन् । यस अभियानमा नदी दोहनका विषयमा कलम चलाउने पत्रकारहरु समेत सहभागी छन् ।  

Vianet communication
Laxmi Bank

गण्डकी सभ्यता नितान्त ऐतिहासिक भएको र यसको उद्गम थलो कालीगण्डकी भएका कारण यसलाई बचाउन सके कालीगण्डकी सभ्यता जोगिने नत्र यस आसपासमा भएका धार्मिक तथा पुरातात्विक संरचनासमेत लोप भएर नयाँनयाँ सङ्कट देखा पर्ने कालीगण्डकी सभ्यता बचाउ अभियानका मुख्य अभियानकर्मी आरके अदिप्त गिरीले बताए । उनका अनुसार यस अभियानमा जो कसैले स्वतःस्फूर्तरूपमा सहभागिता जनाउन सक्नेछन् ।

“कालगण्डकी बचाऔँ अभियानको एउटा सञ्जाल बनेको छ, गण्डकी प्रदेशका धेरै जिल्लाका युवाहरुले यसमा हातेमालो गर्न थाल्नुभएको छ, यसले राज्यलाई कालीगण्डकी संरक्षणमा दवाब पुग्नेछ”, गिरीले भने, “हाम्रो संस्कृति र सभ्यता बचाउन हामीले नै पहल गर्नुपर्छ नत्र केही वर्षमा गण्डकी सभ्यता लोप भएर जानेछ, अवैध नदी दोहन रोक्नु पहिलो अभियान हुनेछ, त्यसपछि संरक्षणमा जुट्नेछौँ, यो नितान्त सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बनाउने अभियान हो ।” 

उनका अनुसार यस अभियानमा विभिन्न जिल्लाका १०० भन्दा बढी युवाको सक्रिय सहभागिता भइरहेका छन् र धेरै अभियानमा जोडिँदै जानेछन् ।  

मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएको कालीगण्डकी नदी, खोलाबाट गिटी, ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति, वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था निकट देखिएकाले अभियान थालिएको गिरीको भनाइ छ । गिरीले लामो समयदेखि प्राकृतिक सुन्दरता र वातावरणका विषयमा कलम चलाउँदै समेत आएका छन्। 

नदीमा अवैधरूपमा उत्खनन गर्ने कार्य रोक्न र कालीगण्डकी सभ्यता बचाउन गिरीले सबै सचेत नागरिकलाई आग्रहसमेत गरे । 

कालीगण्डकी नदीमा माफियाको बिगबिगी भएको र यसलाई बचाउन आवश्यक रहेको अधिकारकर्मी राम शर्माले बताए । 

कालीगण्डकीमा खुलेआम अवैध कर्म चल्दा, नदी आफ्नै स्वरूपमा बग्न नपाउने स्थितिले भोलिका दिनमा भयावहको अवस्था आउन सक्नेतर्फ समयमै सचेत हुनुपर्ने शर्माको भनाइ छ । राज्य पक्षसमेत आर्थिक प्रलोभन र प्रभावमा परी सभ्यता मास्न लागि परेको उनको आरोप छ । 

गण्डकी प्रदेशको नामसँग जोडिएको कालीगण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र सङ्घ सरकारले ध्यान दिनुपर्ने अभियानकर्मीहरूको जोड छ । गण्डकी प्रदेश सरकारको २०७८÷०७९ को नीति तथा कार्यक्रममा वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरणमैत्री बनाउन आवश्यक समन्वय गरिने नीति लिइएको छ ।

 ठेक्कामा दिएका नदीबाट तोकिएका मापदण्डभन्दा बाहिर गएर काम भए नभएको अनुगमन नहुनु र भए पनि कर्मकाण्डी हिसाबले मात्र गर्नु सबैभन्दा चिन्ताको विषय भएको छ । खेमराज गौतम, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x