×

NMB BANK
NIC ASIA

दुईपटक म्याद थप गर्दासमेत आपूर्तिकर्ताले अक्सिजन प्लान्ट नलगेपछि धरौटी जफत

असार ६, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्तालाई स्वास्थ्य सेवा कार्यालयले कारवाही गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौँलाई ठेक्का सम्झौता तोड्दै धरौटी जफत गरिएको छ । सप्लायर्सलाई कालोसूचीमा राख्नका लागि खरिद अनुगमन कार्यालय काठमाडौँमा सिफारिस गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पैँतालीस दिनभित्र अर्थात गत जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने ठेक्का सम्झौता गरेकोे उक्त सप्लायर्सले सम्झौता म्याद सकिए पनि जेठ मसान्तसम्म काम गर्न नसकेपछि सप्लायर्सलाई कालो सूचीमा राखेर धरौटी जफत गरी ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सप्लायर्सले म्याद सकिनुभन्दा एक दिनअघि अर्थात गत जेठ १४ मा पत्र पठाएर कोरोना महामारी र लकडाउनका कारण समयमा काम गर्न कठिन भएको भन्दै १५ दिन थप समयका लागि माग गरेको थियो ।

Vianet communication
Laxmi Bank

कार्यालयले पटकपटक गरेर उक्त म्याद पनि थप गरेको थियो । थपिएको १५ दिन अर्थात जेठ मसान्तसम्म पनि काम नगरेपछि ‘तपाईंको सप्लायर्सलाई किन कारवाही नगर्ने’ भनेर शुरुमा ७२ घण्टे र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैसीले बताए । स्पष्टीकरण चित्त बुझ्दो नआएपछि कारवाही गरिएको उनले बताए ।

ठेक्का सम्झौता तोडिएसँगै सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले अक्सिजन प्लान्ट ठेक्का सम्झौता गर्दा धरौटी राखेको रु दुई लाख ९१ हजार ४३० जफत भएको छ । उनले बारम्बार ताकेता गर्दा पनि सप्लायर्सले अक्सिजन प्लान्ट स्थापना गर्न नसकेपछि ठेक्का सम्झौता तोडेर कारवाही गरिएको बताए ।

पहिलेको तुलनामा कोभिडका अक्सिजन दिनु पर्ने बिरामी घटदै गए पनि जिल्लामा सिलिण्डर भर्न मिल्ने गरी स्थापना गर्न थालिएको अक्सिजन प्लान्ट जडान ढिलाइले कोभिडका बिरामीको उपचारमा समस्या परेको अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताए। “अक्सिजन प्लान्ट जडान नहुँदा खाली सिलिण्डर नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । सिलिण्डर पठाउन, भर्न र ल्याउन पनि उत्तिकै समस्या छ । जिल्लामै अक्सिजन प्लान्ट भएको भए उपचारमा निकै सहज हुने थियो”, उनले भने । 

अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्सका प्रोपराइटर लिम्बुले नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा बढ्दै गएकोले काम गर्न असहज अवस्था आएको बताए । कार्यालयका अनुसार चैतको अन्तिम साता करिब रु ३६ लाखमा ४५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी सम्झौता भएको थियो ।
 
सम्झौताअनुसार उनले जेठ १५ गतेभित्र काम सक्नुपर्ने थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्ष शुरु भएको केही महिनामै बजेट आइपुगेको भए पनि बोलपत्र खोल्न ढिलाइ गर्दा समस्या भएको हो । सप्लायर्स कारवाहीमा परेसँगै अक्सिजन प्लान्ट स्थापना अलपत्र परेको छ । पुनः बोलपत्र आह्वान गरेर अक्सिजन प्लान्ट स्थापनाका लागि नयाँ प्रक्रिया थालनी गर्ने कार्यालयले जनाएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x