गण्डकीमा २ सांसद रहेको जसपालाई अर्थसहित २ मन्त्रालय !

गण्डकी प्रदेश सभामा २ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) लाई २ मन्त्रालय दिने सहमतिमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हस्ताक्षर गरेका छन् ।

विश्वासको मत लिने दिन शुक्रवार मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थ सहित ४ मन्त्रालय दिने सहमति गरेका हुन् । सहमति पत्रमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पोखरेल र जसपाका हरिशरण आचार्यले हस्ताक्षर गरेका छन् । 


Advertisement

मुख्यमन्त्रीको शपथ गरेकै दिन पोखरेलले जसपाका आचार्यसहित ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । दलहरुबीच भागवण्डा मिल्न नसक्दा मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रीमा माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले दावी गरेका छन् । माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदलाई समेत कांग्रेसले सरकार बनाएको थियो । मुख्यमन्त्री पोखरेलले शुक्रवार नै विश्वासको मत लिइसकेका छन् । 

सहमति अनुसार दुई मन्त्रालय दिन आनाकानी गरेको भन्दै जसपाले सहमतिबाट पछि नहट्न मुख्यमन्त्रीलाई दवाव दिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्